१० भाइलाई नेकपा एसमा आउन माधव नेपालको आह्वान

eQmk'/, !* sflQs M z'esfdgf cfbfgk|bfg sfo{qmddf cWoIf g]kfn g]skf -PsLs[t ;dfhjfbL_ kf6L{sf cWoIf dfwjs'df/ g]kfn dWok'/lyld gu/ ;ªu7g sld6Låf/f cfof]lht bLkfjnL, g]kfn ;Dat / 57 kj{sf cj;/df laxLaf/ dWok'/lyld zªvw/ rf]sdf z'esfdgf cfbfgk|bfg sfo{qmddf z'esfdgf dGtJo JoQm ub}{ . tl:a/ M /d]z lu/L÷/f;;

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने ।

अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ