काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले गएराति पोखराका पाँच ठाउँमा ‘स्वीप अपरेसन’ चलाएको छ । सो अपरेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए ।
‘पक्राउ परेका मध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छु, उनले भने, ‘बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकसाथ स्वीप अपरेसन सञ्चालन गरिएको थियो ।’
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रकाआसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अपरेसन’ चलाएको हो । गएराति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सम्बन्धित समाचार
सुन तस्करसँगको ‘कनेक्सन’ : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ
मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो






