एउटा यस्तो रोग

भक्तपुर, सूर्यविनायक नपा–७ का ६० वर्षीय रामबहादुर श्रेष्ठको एउटा हातले काम गर्दैन ।

दक्षिणकाली नगरपालिका–१, खोकना आरोग्य आश्रममा बस्दै आएकी अछामकी ४० वर्षीया वसन्ती टमाटाका दुबै हात–गोडा बांगिएर काम नलाग्ने भएका छन् । त्यहीँ नै आश्रित नेप्टे दनुवारको पनि एउटा हात गुमिसक्यो । अर्को हातको पूरै औंला बांगिएका छन् ।
ललितपुर, गोदावरीका ७९ वर्षीय भाइराम महर्जनलाई २२–२३ वर्षका उमेरमै कुष्ठरोग लागेको रहेछ तर थाहा भएन । द लेप्रोसी मिसन नेपालद्वारा सञ्चालित पाटन क्लिनिक, चापागाउँ दोबाटोमा उपचार गराउँदै आएका उनले बेलैमा औषधि खान नपाउँदा हात बिग्रियो ।

यी प्रतिनिधि पात्रमात्रै हुन्, उनीहरूजस्ता कयौं कुष्ठरोग’bout समयमै जानकारी नपाएर असहनीय कष्ट खेपिरहेका छन् । समयमै रोग’bout जानकारी नभएर उपचारमा ढिलाइ हुँदा धेरै शारीरिक अपांगतासाथ पारिवारिक तथा सामाजिक अवहेलना झेल्न बाध्य छन् ।

नुवाकोटकी ६२ वर्षीया मखमली घले ११ वर्षकी हुँदा तमाखु खाने भाँडामा रहेको पाताले पोलेर घाउ भयो । ‘पाताले पोलेर डाम बस्यो भन्नेतिर मात्र गइयो,’ उनी सम्झिन्छिन्, ‘घाउ बढ्दै जाँदा नाग लाग्यो भनेर फुकफाक गरियो ।’ कुष्ठरोग भन्ने त उनले सुनेका पनि थिइनन् रे † पछि, बुझ्दा वर्षौंअघि नै कुष्ठरोग भइसकेको रहेछ । कुष्ठरोगकै कारण उनले हात–गोडाका औँला गुमाएकी छन् ।

ललितपुर , गोदावरी–६, लेलेस्थित आनन्दवन अस्पतालमा उपचार गराउँदै आएका नवलपरासी, गैंडाकोट नगरपालिका–१२ का २४ वर्षीय परमेश्वर रावतका शरीरमा चार वर्षअघि मुसाजस्ता स–साना गिर्खा देखिए । छाला रोगको औषधि खाँदा पनि हराएन । कुष्ठरोग शंका भयो र कान चिरेर जँचाउन पठाइयो ।

कुष्ठरोग प्रमाणित भएपछि चिकित्सकको सल्लाहबमोजिम ९ पत्ता औषधि सेवन गर्नुप-यो । चार महिनाअघि फेरि उनको शरीरभर गिर्खा देखिए । वास्तवमा त्यो ‘रियाक्सन’ भएको रहेछ । धन्न समयमै अस्पताल पुगे र उनका नसामा रोगले असर गर्न भ्याएन । ‘गिर्खा देखिनेबित्तिकै विज्ञसँगै छलफल गरी पूर्ण मात्राको १२ पत्ता औषधि खान पाएको भए फेरि अस्पताल आउनु पर्दैनथ्यो,’ रावत चुक्चुकाउँदै सुनाउ“छन्, ‘डेढ महिनादेखि आनन्दवन अस्पतालमा उपचार गराइरहेको छु ।’

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–१२ निवासी ५४ वर्षीय कृष्णबहादुर दनुवार पनि ‘रियाक्सन’ भएपछि उपचार गराउँदै छन् । उनको शरीरमा आठ वर्षअघि दाग देखिएको थियो । उनी पनि त्यतिबेला ‘नाग लाग्यो’ भनेर झारफुक तिर लागे । खासै पोल्ने र दुख्ने समस्या नभएका कारण उनले दागप्रति त्यति ध्यान दिएनन् । समस्या झन् गहिरिँदै गयो । ‘जति पछि हुँदै गयो, उति शरीर फुल्न र पाक्न थाल्यो । ६ महिनाअघि धुलिखेल अस्पताल जाँदा एकपटक आनन्दवन जाने सल्लाह पाइयो,’ दनुवार भन्छन्, ‘करीब एक महिनादेखि अस्पताल भर्ना भएर नियमित औषधि सेवन गर्न थालेको छु । मुख अनि शरीर हेर्न हुने हुँदै गइरहेको छ ।’

रौतहट, गौर नगरपालिकाकी ३५ वर्षीया गीतादेवी मुखियाको पनि १६ वर्षअघि शरीरमा सेतो दाग दखियो । पछि, फोका आएर घाउ भयो र फुट्यो । गोडा लाटो हुँदै गयो । ‘उपचार गर्न विभिन्न अस्पताल धाउँदाधाउँदै कुष्ठरोग भएको चाल पाइयो,’ उनले भनिन्, ‘ज्यादै कम सर्ने यो रोग लाग्नुअघि १३ वर्षकै उमेरमा विवाह गरिएकाले चार सन्तान र श्रीमान् त साथमा छन् तर सासूबाट निकै हेलाँ पाएर घरबाट निकालिएँ ।’ अहिलेसम्म श्रीमान्को साथ पाए पनि घरै छाड्नुपरेको पीडा उनको मनमा गडेर बसेको छ । ‘रोग लागेर १० भन्दा बढी पटक आनन्दवन धाइसक्दा पनि सासूआमाको दृष्टिकोणमा परिवर्तन भएको छैन,’ उनको गुनासो छ ।

समयमै शंका गरौं

‘कुष्ठरोग शून्य समाज’ परिकल्पना गर्दै विश्वका प्रभावित देश ठोस कार्ययोजना बनाएर अघि बढिरहेका छन् । तर, विश्वबाट कुष्ठरोग निर्मूल भइसकेको भने छैन । नेपालमा पनि जनस्वास्थ्य समस्याका रूपमा छ । आँखाले देख्न नसकिने ‘माइक्रोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म किटाणुबाट कुष्ठरोग लाग्छ ।

नर्वेली भौतिकशास्त्री डा. गेरहार्ड हेनरिक आर्मर ह्यानसनले सन् १८७३ मा किटाणुका कारण कुष्ठरोग हुने पत्ता लगाएका थिए । त्यसअघि समाजमा ‘महारोग’लाई वंशाणुगत अथवा ‘दैवी अभिशाप’ मानिन्थ्यो । ‘कोढ’ लागेकालाई परिवार र समाजले ‘छिःछिः र दूरदूर’ गर्थे अझै पनि ‘ह्यान्सन्स डिजिज’ लागेकालाई हेर्ने समाजको दृष्टिकोण सहज र पूर्ण सकारात्मक छैन । यो रोगले खासगरी छाला र स्नायु प्रणालीमा असर गर्छ ।

आनन्दवन अपांगता न्यूनीकरण संयोजक कृष्ण गोदार थापाका अनुसार यो रोगले छालामा असर गर्दा शरीर नचिलाउने, शरीर छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लोे हुने, गिर्खा देखापर्ने, हातगोडामा छोएको पनि चाल नपाउने र विस्तारै मांसपेशी कमजोर हुन्छ । ‘सुन–बहिरी’ रोगका कारण छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।

आनन्दवन कुष्ठरोग सहयोग सेवा इञ्चार्ज बद्री कठायत कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट सर्ने बताउ“छन् । उनका अनुसार साधारणतया सरेको दुईदेखि पाँच वर्षभित्र कुष्ठरोगका चिह्न तथा लक्षण देखा पर्छन् । छालामा रातो वा फुस्रो दाग आए, अनुहारको छाला वा कानको लोती बाक्लो भए, चम्किलो देखिए, अनुहार वा शरीरमा गिर्खा देखापरे, आँखीभुइँ झरे वा पातलो भए, हातखुट्टाका औँला बांगिए वा खुम्चिए यो रोग लागेको शंका गरी जँचाउन जानुपर्नेको उनको जोड छ ।

त्यस्तै, हात वा खुट्टा लत्रिए, हत्केला वा पैतालामा नदुख्ने घाउ देखिए, हत्केलाका मांसपेशी सुकेर गए, नाक थेप्चो भएर गए, लगातार हातगोडा झम्झमाउने गरिरहे, हातगोडा पोल्ने वा निदाएकोजस्तो भए, अनुहारतिर कमिला हिँडेजस्तो रगरग गरे, हातका औंला र खुट्टा विस्तारै कमजोर हुँदै गएमा पनि यो रोग लागेको शंका गर्नुपर्ने हुन्छ । कठायतका अनुसार रोग लागेको शंका लागे बेलैमा नियमित उपचार र औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुनबाट जोगिन्छ ।

उपचार विधि
कुष्ठरोग उपचार बहुऔषधि विधिबाट गरिन्छ । नेपालमा आव २०३९/४० मा बहुऔषधि उपचार प्रणाली सुरु भई २०५३ सालदेखि देशभर लागू छ । बढी किटाणु भएका बिरामीले १२ महिना र कम भएकाले ६ महिना नियमित औषधि सेवन गर्नुपर्छ । दुई वा तीन किसिमका औषधि मिश्रण बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निष्क्रिय बन्ने छाला तथा कुष्ठरोग विशेषज्ञ डा. सुवास खनाल बताउ“छन् ।

कुष्ठरोग उपचारका लागि २०१३ सालमा स्थापित आनन्दवन अस्पतालमा हाल १६ देखि ८० वर्ष उमेरसम्मका ५४ बिरामी छन् । कुष्ठरोगी तथा प्रभावितको उपचार व्यवस्थापन, सुधारात्मक शल्यक्रिया, रोग फेरि बल्झिएका बिरामी जाँच, आँखा तथा फिजियोथेरापिका साथै नसा रोग उपचार हुने अस्पतालले जनाएको छ । १ सय १० श्यया क्षमताको अस्पतालमा जटिल प्रकारको घाउ, ‘रियाक्सन’का साथै कुष्ठरोग अनुसन्धानसमेत हुने गरेको छ ।

मुलुकको एकमात्र पोषण केन्द्रका रूपमा परिचित अस्पतालका निमित्त मेडिकल निर्देशक डा. महेश शाह अस्पतालले कुष्ठरोगीका लागि कृत्रिम अंग, जुत्ता, काम्रो, वैशाखी, चश्मा सहयोगी सामग्री उपलब्ध गराउने गरेको बताउ“छन् । उनका अनुसार सातै प्रदेशका बिरामीलाई २४सैैं घण्टा उपचार सेवा दिइन्छ ।

कुष्ठरोगको बिरामीका लागि काठमाडौं उपत्यकामा रहेर काम गरिरहेको संस्था दि लेप्रोसी मिसन नेपालका अधिकारी आर्थेन रङगङका अनुसार सन् २०२० मा ८५ नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । गत २२ कात्तिकसम्ममा १ सय ६० बिरामी भेटिएका छन् । मुलुकमा कोरोना संक्रमण न्यूनीकरण हुँदैजाँदा सो अस्पतालमा उपचार गर्न आउने बिरामी बढेसँगै नयाँ बिरामीसमेत पत्ता लगाउनेक्रम बढेको छ ।

अस्पतालका मेडिकल रेकर्ड विभाग प्रमुख कान्छा श्रेष्ठका अनुसार सन् २०२० मा घाउ उपचार अनि जुत्ता आदि सहयोगी सामग्री लिन आउने ३ हजार ५ सय ३३ तथा सन् २०२१ सोमबारसम्म ४ हजार २ सय ८० जनाले सेवा पाइसकेका छन् । आनन्दवनले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२० मा कुष्ठरोग पुनः बल्झिएको शंका लागेर उपचार गराउन आउने १४ मध्ये ११ जनामा रोग देखियो । गत सोमबारसम्म २६ जना उपचार गराउन आएकामा २२ जनामा रोग भेटिएको छ ।

कुष्ठरोगीका लागि काठमाडौं उपत्यकाभित्र चन्द्र शम्शेरकालीन आरोग्य आश्रमले पनि सहयोग गरिरहेको छ । नेपाल कुष्ठरोग निवारण संघका कर्मचारी तथा आश्रम प्रमुख लक्ष्मी श्रेष्ठ आश्रममा घरबारविहीन, हेलित र आफन्तको ठेगाना पत्ता नभएकालाई आश्रय दिने गरिएको बताउ“छिन् । जहाँ हाल १ सय ६५ जना छन् । दक्षिणकाली–२ का साथै केही दाताले आश्रितका लागि बेलाबेलामा सहयोग गर्ने गरेको श्रेष्ठले सुनाइन् । आश्रमले सोमबार र बिहीबार क्लिनिक सञ्चालन गर्छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई आनन्दवन पठाइने
गरिएको छ । काठमाडौं उपत्यका बाहिर धनुषा, लालगढमा कुष्ठरोग सेवा केन्द्र तथा पोखरा, नेपालगन्ज र सुर्खेतमा केही स्वास्थ्य संस्था कुष्ठरोग उपचारमा सक्रिय छन् ।

चुनौती बाँकी
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१९ मा विश्वमा दुई लाखभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी थपिएका छन् । अपांगता भएका २०–३० लाख छन् । संगठनले प्रति १० हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भएमा ‘रोग निवारण’ भएको र जनस्वास्थ्य समस्याका रूपमा नरहेको मानेको छ ।

नेपालमा २०६६ माघमा राष्ट्रियस्तरमै कुष्ठरोग निवारण घोषणा गरियो । यद्यपि, कुष्ठरोग लाग्ने समस्या बाँकी नै छ । नेपालबाट सन् २०२० सम्ममा निवारण लक्ष्य लिइएको ‘जिल्लास्तरीय कुष्ठरोग निवारण अभियान निर्देशिका (२०७३)’मा उल्लेख छ । राष्ट्रियस्तरमा निवारण भए पनि जिल्ला तथा स्थानीयस्तरमा चुनौती अझै छ र समुदायमा संक्रमण प्रक्रिया अझै रोकिएको छैन ।

‘कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्यसञ्चालन निर्देशिका (२०७५)’ ले रोगीको चाप सबैभन्दा धेरै तराई तथा त्यसपछि पहाडमा र सबैभन्दा कम हिमाली भेगमा पाइएको उल्लेख गरेको छ ।

स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार सन् २०२० सम्ममा मुलुकका सबै जिल्लामा कुष्ठरोग प्रभावितलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधान शून्य बनाउने रणनीति लिइए पनि कुष्ठरोगीका कुरा सुन्दा त्यो अझै कार्यान्वयन हुन नसकेको प्रस्ट हुन्छ ।

काठमाडौं उपत्यकामा भेटिएका केही कुष्ठ प्रभावितले रोग न्यूनीकरण गर्न सरकारले थप प्रभावकारी कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । कुष्ठरोगी संख्या न्यूनीकरणमा रामेछापका ७५ वर्षीय उमाप्रसाद तिवारी र काभ्रेपलाञ्चोक, पनौतीका ६२ वर्षीय काशीनाथ अर्यालजस्ता प्रभावितले आफूहरूले ‘महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्ने’ बताएका छन् ।

तिवारीलाई कुष्ठरोग भएको शंका गाउँलेले २०२६ सालमा गरेपछि उनी उपचारका लागि काठमाडौं आए । यसै वर्ष पनि १० महिना आनन्दवनमा भर्ना भएर उपचार गराए । कुष्ठरोगका कारण शारीरिक र मानसिक पीडा भोगेका तिवारी २०४९ र अर्याल २०४८ सालदेखि कुष्ठरोगीको सेवामा समर्पित छन् ।

कुष्ठरोग उपचार’bout व्यापक प्रचारप्रसार भइरहँदा अनभिज्ञका हितमा रोग उपचार हुने ठाउँ र संस्था’bout जानकारी गराउनुपर्ने अर्यालको जोड छ । ‘रोग पहिचान भएका बिरामीसँग निकटतम सम्पर्कमा रहेका व्यक्ति र परिवारका सदस्यमा रोग सर्ने सम्भावना ध्यानमा राखी त्यस्ता व्यक्ति÷परिवारका सदस्यलाई सम्पर्क जाँच अनिवार्य गर्न र गराउन आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्छ,’ तिवारीको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी