जाडोमा न्यानो कपडा वितरण गर्न सक्रिय इनरव्हील क्लब अफ न्यूरोड सिटी काठमाडौं

काठमाडौं । यो हिउँदमा जाडोले कक्रेका धेरैको शरीर न्यानो कपडाले ढाक्यो । चिसोले कक्रेका ती शरीरमा न्यानो कपडा प-याउने काम इनरव्हील क्लब अफ न्यूरोड सिटी काठमाडौंले ग-यो । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरादेखि लिएर भक्तपुर दुवाकोटमा रहेको मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई मात्र होइन धादिङको चारवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत इनरव्हीलले न्यानो कपडा वितरण ग-यो ।

इनरव्हील क्लबकी अध्यक्ष युगलक्ष्मी तुलाधरका अनुसार रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठमार्फत् बाजुराको दुर्गम क्षेत्रका लागि पाँच बोरा न्यानो कपडा पठाइयो । अध्यक्ष तुलाधरले भनिन, ‘प्रयोग आएका तर लगाउन मिल्ने, नयाँ ज्याकेट, स्वीटर र उलनका सर्टहरु पाँच बोरा सम्बन्धित ठाउँसम्म पुग्ने गरी भाडासहित सन्तोषी रावललाई हामीले हस्तान्तरण ग-यौं ।’

रावल बाजुराकी सक्रिय महिला कार्यकर्ता हुन् । रोटरी क्लबबाट नै उनले नेतृत्व क्षमता अभिवृद्धिको तालिम लिएकी हुन् । उनले बाजुराको दुर्गममा रहेका कमजोर आयस्रोत भएका महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई ती न्यानो कपडा वितरण गरेकी हुन् ।

यस्तै भक्तपुरको दुवाकोटमा रहेको मानव सेवा समितिमा रहेका ६० जना जेष्ठ नागरिक र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई पनि इनरव्हील क्लब अफ न्यूरोड सिटी काठमाडौंले न्यानो कपडा वितरण गर्नुका साथै दुई दिनको खाना उपलब्ध गराएको थियो । अध्यक्ष तुलाधरले भनिन, ‘त्यहाँको अवस्था एकदमै दयनीय रहेछ । हामीले उनीहरुलाई दुई दिनको खानाका लागि आवश्यक सामग्री र न्यानो कपडा वितरण ग-यौं ।’

रोटरी क्लब अफ न्यूरोड सिटीसँग मिलेर इनरव्हील क्लबले धादिङको चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्कुल ड्रेस, स्टेशनरी र खेल सामग्रीसहितको पोशाक वितरण ग-यो । श्रीसुन्दर आधारभूत, मानेभञ्ज्याङ पतालियन र जीवनज्योति बाल विकास केन्द्रका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । अध्यक्ष तुलाधरका अनुसार रोटरी क्लब अफ न्यूरोड सिटीको संयोजकत्वमा इनरव्हील क्लबले ती सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।
चारवटा विद्यालयका ३ सय ३५ विद्यार्थीलाई न्यानो कपडाको स्कुल ड्रेस, स्टेशनरी र खेल पोशाकसहितको सामग्री वितरण गरिएको थियो । अध्यक्ष तुलाधरका अनुसार ती चारवटा विद्यालय गजुरी–१ धादिङमा पर्छ । ती विद्यालयमा चेपाङ, दलित र कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी