कात्तिकमा सवा ३५ अर्ब निक्षेप घट्यो

काठमाडौं । कात्तिक महिनामा २७ वटा वाणिज्य बैंकहरूको निक्षेप ३५ अर्ब ३१ करोडले घटेको छ । वाणिज्य बैंकहरूले तरलता व्यवस्थापनका लागि निक्षेपमा व्याज वृद्धि गर्दा पनि आठवटा बैंकहरूका बाहेक अन्यको निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार २७ वाणिज्य बैंकमध्ये आठवटा बैंकको निक्षेप संकलन बढेको हो ।

हिमालयन बैंक, लक्ष्मी, माछापुुच्छ«े, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, एनएसबीएल, एसबीएलर स्ट्यान्र्डड चार्टर्डको मात्र निक्षेप बढेको छ । कात्तिक महिनामा सबैभन्दा बढी निक्षेप हिमालयनको बढेको छ भने एनआईसीको घटेको छ ।

बैंकहरूमा कुल ४२ खर्ब ३३ अर्ब निक्षेप

यस्तै, कर्जाको माग सातवटा बैंकमा घटेको र २० वटा बैंकमा बढेको छ । कर्जामा पनि हिमालयनकै माग वढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी घटेको छ । वाणिज्य बैंकहरूमा हाल कुल निक्षेप ४२ खर्ब ३३ अर्ब ३४ करोड रूपैयाँ छ । यस्तै, कुल कर्जा ४० खर्ब ३४ अर्ब ३४ करोड रहेको छ ।

बैंकहरूमा तरलता अभावका अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर बढाए पनि निक्षेप संकलन भने सोअनुसार भएको छैन । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब १३ अर्ब रूपैयाँ कर्जा विस्तार गरेका छन् भने पछिल्लो चार महिनामा बाणिज्य बैंकहरूमा ३२ अर्बले निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप ‘सीसीडी’ अनुपात हटाएर कर्जा निक्षेप ‘सीडी’ अनुपात कार्यान्वयनमा ल्याएसँगै बैंकहरू कर्जा विस्तारमा आक्रमक बन्दा तरलता अभाव बढ्दै गएको छ ।

वाणिज्य बैंकहरूमा साउन १ गतेदेखि कात्तिक मसान्तसम्ममा ३२ अर्ब मात्र निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरूले ३१३ अर्ब कर्जा लगानी गरेका छन् ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ एक अर्ब निक्षेप रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा ४२ खर्ब ३३ अर्ब भएको छ । त्यस्तै, गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैंकहरूको कर्जा विस्तार ४० खर्ब ३४ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको निक्षेप साउनमा ७८ अर्बले घटेको थियो । भदौमा ४८ तथा असोजमा ९८ अर्बले निक्षेप थपिए पनि कात्तिकमा ३६ अर्बले निक्षेप घटेको थियो । त्यस्तै, साउनमा वाणिज्य बैंकहरूले ४३ अर्ब थप कर्जा विस्तार गरेकोमा भदौमा १०८ अर्ब, असोजमा १ सय २६ अर्ब तथा कात्तिकमा ३६ अर्ब कर्जा विस्तार गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी