आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव गरेका नगरवासीहरू साथीभाइ र अन्यको जवरजस्तीबाट होलीमा बच्ने उपाय सोच्दै छन् । त्यसो त जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइ गरेर शरीर सफा गर्न होली पर्व मनाइन्छ । होली पर्वका धार्मिक तथा सामाजिक महत्व समाज, जनजाति तथा स्थानअनुसार फरकफरक र अनगिन्ती छन् । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक पर्छ जसमा विविरुद्ध लड्ने औधीय गुण छ । तथापि, आँखामा भने पार्नुहँुदैन । प्राचीन वा प्राकृतिक कालमा फूल र रूखबाट प्राप्त रङ प्रयोग हुन्थ्यो र शरीरलाई हानि गर्दैनथ्यो ।
हाल रसायन मिसाइएका कृत्रिम रङको बोलवाला छ जसले फोक्सो, छाला,आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानिकारक असर पार्छ । त्यस्तै, होलीमा लोला प्रहारले आँखामा ति, दृष्टि गुम्ने, कानको जाली च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा ति पुग्ने र कान तथा संवेदनशील अंगमा लाग्दा घाइते, बेहोस र मृत्यृ पनि हुनसक्छ । मदिरा, भाङजस्ता नसालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभई रङ आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्न सक्छ । सासनली, मुटु, मिर्गौलाजस्ता संवेदनशील अंगमा गएर टाँसिन्छ । रङलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ । धेरैजसो अजैविक सुक्खा रङ वा अबिरमा हुने दुवै तत्व रङ दिने कलरेन्ट र अस्बेस्टस वा सिलिका दुवै स्वास्थ्यका लागि हानिकारक छन् ।अस्बेस्टसले क्यान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ ।
रङमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिनप्रति दिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा सुन्दरता नै गुम्न सक्छ । त्यसैमा रसायन मिसिएका रङमा हने हानिकारक तत्वले विभिन्न छाला, आँखा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोग लाग्न सक्छ । छाला शरीरको रौ कवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ ।
मिर्गौलालाई हानि गर्ने लिड अक्साइड–कालो रङ, आँखालाई ति गर्ने कपर सल्फेट–हरियो रङ, सासमा असर पार्ने क्रोमियम आयोडाइड–हल्का बैजनी रङ, छालामा असर पार्ने पर्सियन ब्लु–नीलो रङ, छालाको कयान्सर बनाउने मर्करी सल्फेट–रातो रङ र क्यान्सर बनाउने अल्मुनियम ब्रोमाइड– सिल्भर रङ दिन प्रयोग गरेको पाइन्छ । सुक्खा र गिला रङले दम बढाउने,ब्रोङकाइटिस हुनेगर्छ । कपाल फुल्ने, खस्रो र जर्राे बनाउँछ । रङले छालामा एलर्जी भई पोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, र्घण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रङमा परिवर्तन, घाममा रङ दलिदा छालामा टाँसिई छालाको बाहिरी र भित्री तहमा ति र दीर्घकालीन संक्रमण गराउन सक्छ । रङमा मिसाइने जिंक क्लोराइड रङ दलेपछि छाला चिलाउँछ तथा स्वास्थ्यका लागि धेरै हानिकारक छ ।
रङ आँखामा पर्दा आँखामा ति, कन्जटाइभाइटिस, रातो हुने, दुख्ने, बिजाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्या देखिन्छन् । घाम लागेको बेलामा रसायन मिसिएका रङ अनुहारमा दल्दा छालामा दीर्घकालीन असर देखिन्छन् । त्यसैमा मोबिल, अण्डा, इनामेल, मट्टितेल र फोहोर पानीको प्रयोग बढ्दो छ जसले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन् ।
त्यस्तै, रङीन पत्रपत्रिका पनि मुखमा पार्दा विशालु हुन्छन् । आंैलामा थुक लगायर पाना फर्काउने बानीले रङमा हुने साइनाइड तत्व पनि मुखमा पर्न जान्छ । लिप लाइनर, लिप स्टिक, आइलाइनर, हेअर डाई र कस्मेटिक कलरमा भएका रङको असर बिस्तारै देखिन्छ भने होलीका रङले भने त्यही वा अर्को दिन छालामा साना बिमिरा, चिलाउने, सुन्निने, पानी आउने, घाउ भई संक्रमण हुनेसम्मका असर देखिन सक्छ ।
रोकथाम
राम्रो गुणस्तर वा पाउडर, पानीमा घुलनशील, शुद्ध, उत्तम र केवल रङको प्रयोग गर्नुपर्छ । स्थायी रङले छाला सुक्खा बनाउने भएकाले प्रयोग नगरौं । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नुहुँदैन । रङ पानीसँग मिसाएर प्रयोग गर्नुुहुँुदैन । रङसँगै लामो समय बस्नुहँुदैन । रङलाई बढी गाढा बनाउने निहुमा तेजावी, कृत्रिम रङ थप्न हँुदैन ।
रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुनको प्रयोग गर्नुहुँदैन । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा ति हुन्छ । तसर्थ हातले नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइट फिट चस्मा लगाउन सकिन्छ ।
चिल्लो र माइेस्चराइजर क्रिमको प्रयोग, औषधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, गिलसिरीङ भएको साबुन प्रयोग गर्नुपर्दछ । तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्छ । कपालको चमकता कायम राख्न तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ । छाला र अनुहारको रङ हटाउन कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ ।
अन्तमा, रिस, झगडा र रगतको होली नखेलांै । रङको होली अस्थायी हो उपचार गरे ठीक हुन्छ तर रगतको होली खतरनाक हुन्छ ज्यान गए फर्किँदैन । तसर्थ फागुपूर्णिमा वा होलीमा कुलत शून्य, रङ थोरै तथापि प्राकृतिक र रमाइलो धेरै गरौं ।






