१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?


काठमाडौ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरुको हेरफेर गरेको छ । कर्मचारी सरुवालाई प्राथमिकता दिदै आएको सरकारले यस पटक पनि १० जना सचिवको सरुवा गरेको हो । यस अघि पटक पटक गरि सरकारले झण्डै तीन दर्जन बढि सचिवको सरुवा गरिसकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ भने श्रमका सुर्य गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ ।

श्रममा सरुवा गरिएका अर्याल कुशल प्रशासकको रुपमा रहेका छन् उनले सामान्य प्रशासन मन्त्रालयमा रहदा कर्मचारी प्रशासन सुधारमा उल्लेख्य कार्य गरेका थिए । हाल सामान्य प्रशासनमा ल्याइएका अधिकारी पनि प्रशासनमा राम्रो दख्खल भएका प्रशासक हुन् ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । स्पष्ट निर्भिक र कुशल प्रशासकको रुपमा रहेका कोइरालाले शिक्षा क्षेत्रमा सुधार गर्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाइएको छ ।
यस्तै शहरी विकास मन्त्रालयका सचिव रमेश सिहलाई अतिरिक्त समुहमा राखिएको छ भने शहरी विकास मन्त्रालयमा उर्जा आयोगका सचिव मणिराम गेलाललाई लगिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) मन्त्रलायका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


को कहा सरुवा ?

१ एकनारायण अर्याल –संघीय मामिला तथा सामान्य प्रशासनबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायमा
२.सुर्य गौतम –श्रम बाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा
३.यादव प्रसाद कोइराला –पर्यटन बाट शिक्षामा
४.सुरेश अधिकारी –निर्वाचन आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन
५.रामप्रसाद थपलिया–शिक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा
६. महेश्वर गौतम –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पर्यटन मन्त्रालय
७ गोकर्णमणि दुवाडी वित्त आयोगबाट –निर्वाचन आयोग
८.भरतमणि सुवेदी –प्रधानमन्त्री कार्यालयबाट वित्त आयोगमा
९.रमेश सिह – शहरी विकास बाट अतिरिक्त समुहमा
१०.मणिराम गेलाल –उर्जा आयोगबाट शहरी विकासमा

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने