काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेको छ । गत साताबाट घट्न सुरु गरेको सेयर बजार साताको तेस्रो कारोबारको दिन मंगलबार पनि निरन्तर घटेको हो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१८ अंक अर्थात् ०.०५४ प्रतिशतले बढेको छ । मंगलबार कारोबारमा २ सय २५ कम्पनीका सेयर ४१ हजार ५ सय ८५ पटक कारोबार भएको छ ।
मंगलबार ३ अर्ब ८९ करोड ४१ लाख ९ हजार ९ सय ९१ रूपैयाँ बराबरको कारोबार हँुदा ६४ लाख ४७ हजार ४ सय ४९ सेयर कारोबार भएको छ ।
मंगलबारको कारोबारमा ८९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । बैंकिङ, व्यापार, तथा होटेल समूह घट्दा विकास बैंक, हाइड्रो पावरलगायतको सेयर परिसूचक बढेको छ ।
सामलिङ पावर कम्पनी, न्यादी हाइड्रो पावर तेह्रथुम पावरलगायतको सेयर आज सर्वाधिक कमाउनेमा तथा इन्फिनिटी लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी मितेरी विकास बैंकलगायतको सेयर गमाउनेमा परेका छन् ।
मंगलबार कारोबारमा आएका २ सय २५ वटा धितोपत्रको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ४१ हजार ५ सय ८५ पटकमा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरूमध्ये दुईवटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार सामलिङ पावर कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र न्यादी हाइड्रो पावरको सेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागको छ । सामलिङ पावर कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ सय १९ दशमलव ५० रूपैयाँ र न्यादी हाइड्रो पावरको ३ सय ४१ दशमलव ५० रूपैयाँ पुगेको छ ।
त्यसैगरी मंगलबार सबैभन्दा बढी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७७ प्रतिशतले घटेको छ ।
कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६ सय १६ रूपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ८६ प्रतिशत घटेर १ हजार ८ सय ६२ दशमलव २० रूपैयाँमा झरेको छ ।
सर्वाधिक सेयर खरिदबिक्री आईसीएफसी फाइनान्सको भएको छ । उक्त कम्पनीको १६ करोड २ लाख ७६ हजार रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८ सय ९० रूपैयाँ कायम भएको छ ।
दोस्रोमा महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख ११ हजार रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
समूहगत परिसूचक बढ्नेमा विकास बैंक समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत, हाइड्रो पावर समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत, वित्त समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेको छ । यसैगरी अन्य समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत र म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ८१ प्रतिशत, होटल एन्ड टुरिजम समूहको शून्य दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २२ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशतले घटेको छ ।