हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य “हाम्रो सेल्फी किङ्ग” Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक विशाल सापकोटाले हाम्रो पात्रोको फेसबुक पेजबाट सार्वजनिक गरेका छन् ।

यही माघ २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र सेल्फि किङले दर्शकलाई चलचित्र अभिनयको यात्राका लागि सरिक गराउनका लागि यो कन्टेस्टको आयोजना भएको हो । आज प्रत्यक्ष प्रशारण मार्फत भएको “हाम्रो सेल्फी किङ्ग” Contest को पहिलो विजेता दिवस पोखरेल (हाम्रो कम्यूनिटी ह्याण्डलमा Deewos Pokhrel अकाउण्ट) भएका हुन् । उनले भोली हुने प्रिमियरको २ वटा टिकेटका साथै काठ्माण्डौस्थित एक्टर्स स्टूडियोमा ३ महिनाको एक्टिङ कोर्सको स्कलर प्राप्त गरेका छन् ।

साथै प्रत्यक्ष प्रशारण मार्फत् भोलीको प्रिमियरका लागि १० जना अन्य विजेताहरुको पनि नाम सार्वजनिक गरिएको छ । विजेताहरुले विशेष पुरस्कार अन्तर्गत २-२ ओटा प्रिमियरको पास प्रदान गरिनेछ। सेल्फी पोष्ट गर्ने अन्तिम मिति माघ २० गते (February 3) सम्म रहेको थियो ।

