निकिता शाहीको टिमले जित्यो ३ हजार डलर पुरस्कार

काठमाडौ । साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ ।

उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ ।

८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।
सन २०१९ बाट शुरु भएको उक्त समिट यस पटक श्रीलंकामा आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो ।

उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । रहेक टिममा प्रत्येक देशका एक जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'