राजनीतिमा स्वाभिमानभन्दा अभिमान बढी

नेपाली समाजको ऐतिहासिक पृष्ठभूमि स्वाभिमानले भरिपूर्ण छ । हाम्रा पूर्खाहरूले रगत र पसिना बगाएर देश निर्माण गरेका थिए । चाहे पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान होस्, चाहे त्यसपछाडि घटना तथा परिघटना । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेशमा यो साना दुःखले आर्जेको मुलुक होइन भन्ने आशयको विषयवस्तुले पनि उनको अभियानमा लागेका नेपाल आमाका छोराहरूको योगदान झल्कन्छ । नेपाल एकीकरण भइसकेपछि ब्रिटिसहरूको साम्राज्यवादी तागतलाई भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापालगायतका वीरहरूको संघर्ष र लडाइँ स्वाधीनताका लागि थियो । स्वाभिमानका लागि थियो । देश प्रेमका लागि थियो ।

भीमसेन थापाले तत्कालीन इष्ट इन्डिया कम्पनीलाई एसियाबाट नै धपाउनुपर्ने आवश्यकताको आह्वान गर्नुका पछाडि पनि तत्कालीन राज्य सञ्चालक र जनताको भावना बुझ्न सकिन्छ । उल्लेखित भनाइ र गराइमा पुर्खाहरूको त्याग र बलिदान खनिएको देखिन्छ । राष्ट्रिय स्वाभिमान चुलिएको पाइन्छ । यस्तो राष्ट्रिय पृष्ठभूमि भएका हामीहरू अहिलेसम्म आइपुग्दा दलहरूमा बाँडियौं । जातीयतामा वर्गीयांै । क्षेत्रीयताको मनोविज्ञानमा पिल्सियांै । यो स्थितिको विजारोपण गर्न दलहरूले अनेक राजनीतिक दर्शन भजाए । माक्र्सवाद, लेनिनवाद, माओवाद आदि इत्यादि । यी वादहरूको प्रयोग गर्ने क्रममा समाजको धर्म, संस्कृति, परम्परा, सामाजिक मूल्य र मान्यता भत्काउने काम भयो । सामाजिक सद्भाव विथोल्ने चेष्टा भयो । यसो भइरहँदा हामीहरू कोही रमिते भएका छांै । कोहीले स्वाभिमान गुमाएका छौं । अभिमानी भएका छांै ।

इतिहासका कालखण्डहरूमा राजनीतिक व्यवस्था बदलिएको छ । राजनीतिक कारणले अनेक प्रकारका हत्याकाण्डहरू भएका छन् । तर, नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान जहिले पनि उच्च तहमा रहेको पाइन्छ । सन् १९०३ मा जंगबहादुरले राज्यशक्ति आप्mनो हातमा लिएपछि पनि देशलाई माया गर्ने क्रममा उनीहरू कहिल्यै पछाडि परेको देखिँदैन । समग्रमा राणाकालीन १०४ वर्षको युग तानाशाही, निरन्कुस र जनविरोधी भए तापनि सुगौली सन्धिमा गुमेको जमिन बाँके, बर्दिया, कञ्चनपुर र कैलालीलाई जङ्गबहादुरले फिर्ता ल्याए । देशको सीमानामा जङ्गे पिलर बनाए । देशको स्वाभिमान गुम्न दिएनन् ।

भीमसेन थापाले तत्कालीन इस्ट इन्डिया कम्पनीलाई एसियाबाट धपाउन गरेको आह्वानको पछाडि तत्कालीन राज्य सञ्चालक र जनताको भावना बुझ्न सकिन्छ

यसैगरी चन्द्रशमशेरको पालामा भएको प्रथम विश्वयुद्ध र जुद्धशमशेरको समयमा भएको दोस्रो विश्वयुद्घमा नेपालीहरू गोर्खालीको नामबाट विश्व प्रख्यात भए । नेपालीहरूलाई गोर्खाली भनेर विश्वमा चिनाउने हाम्रै पुर्खाहरू थिए । नेपाल आमाका छोरा थिए । पञ्चायती व्यवस्था पनि राष्ट्र, राष्ट्रियता र स्वाभिमान माथिल्लो स्तरमा रहेको पाइन्छ । विश्व मानचित्रमा नेपालको गौरव र इतिहासलाई विश्व जगत्मा चिनाउने काममा राजा महेन्द्रले महत्वपूर्ण भूमिका खेले । तत्कालीन समाजमा पूर्वीय सभ्यता, संस्कार, वेशभूषा, रहनसहन एवं सामाजिक सद्भाव उच्च थियो । सदाचार र धार्मिक सहिष्णुताको नमुना थियो नेपाल । यसरी हेर्दा सांस्कृतिक सम्पन्नताले भरिपूर्ण समाज निर्माण गर्न हाम्रा पूर्खाहरूको महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

त्यसो त समाज गतिशील हुन्छ । परिवर्तनशील हुन्छ । समयसँगै परिस्थिति बद्लिन्छ । देशको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, वैज्ञानिकलगातका क्षेत्रहरू पनि बद्लिँदै जान्छन् । तर, परिवर्तनले समाजको स्वरूप र मानवजीवनको चरित्रमा के कस्तो भिन्नता ल्यायो भन्ने विषयवस्तु नै प्रमुख हुन्छ । हो, नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भयो । तर, जनताको अवस्था फेरिन सकेन । बरु अझै संकटग्रस्त बन्दै गयो । परिवर्तनका नाममा बाहिरका राजनीतिक दर्शनहरूको प्रयोग गरियो । अहिले राजनीतिक कुशासनका कारण व्यक्ति मोटाउने तर देश दुब्लाउने काम भएको छ । राजनीतिमा स्वाभिमान धमिलिँदै गएको र अभिमान चुलिँदै गएको छ ।

राजनीति दलहरूले देशमा आफ्नो स्पेस बनाउन सदियांैदेखि झागिँदै आएको सामाजिक सद्भावमा ठूलो प्रहार गरेका छन् । भाषा, धर्म, संस्कृति र संस्कारहरूलाई हमला गरिएको छ । समाजमा मिलेर बसेका जातजातिलाई विभाजन गर्ने र मनोवैज्ञानिक रूपमा शत्रुता पैदा गर्ने काम भएको छ । आज नेपालका भूमिहरू मिचिएका छन् । जंगे पिलर हराएका छन् । वैदेशिक थिचोमिचो व्याप्त छ । राज्यले न त मिचिएका भूमिहरू फिर्ता ल्याएको छ । न त जंगे पिलरहरूको खोजी भएको छ । यही हो त राष्ट्रवाद ? राष्ट्रिय स्वाभिमान ? केवल गरिबी, अशिक्षा र अभावले सेकिएका जनतालाई विकास र समृद्घिका झुठा आश्वासन बाँडेर अभिमानको राजनीति गरिएको छ । राजनीतिमा स्वाभिमान हराएको छ । लोकलाज पचेको छ ।

अहिले राजनीतिक व्यवस्था बदल्नेहरू देश विकास र जनहितमा काम गर्नुको साटो निजी फाइदामा रमाएको देखिन्छ । अन्तरपार्टी व्यवस्थापनमा शीर्ष भनिने नेतागणहरूको अभिमानले गर्दा गुट, फुट र समूहगत विभाजन व्याप्त छ । राजनीतिक दलका कार्यकर्ता दलगत गुलाम र नेताहरूको लघुपिच्छे हुने गरेको देखिन्छ । आप्mनै दलभित्र पनि अमुक नामको नेताको पछाडि लागेर आपसी कुस्ती खेलेका दृश्यहरू सामाजिक सञ्जालमा आउने गरेका छन् । राजनीतिक दलका कार्यकर्ताहरू मात्र होइन, नागरिक समाज, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, बुद्धिजीवीलगायत समाजको सचेत वर्ग पनि राजनीतिक कित्तामा विभाजित छ । अहिले ७ दशक काटेका, बारम्बार सत्तामा पुगेर पनि सिन्को भाँच्न नसकेका, अक्षम र असफल प्रमाणित भइसकेका केही नेताहरूको वरिपरि राजनीतिक घुमिरहेको छ । देश झन् पछि झन् समस्या नै समस्याहरूको खाडलमा फँस्दै छ । यसको पछाडि नेताहरूको अभिमान र असक्षमता त छँदै छ, यिनीहरूलाई जुगाबिनाको बाघ बन्न सहयोग गर्ने नेपाली जनता पनि त्यत्तिकै दोषी छन् ।

नेपाली राजनीतिमा धेरै भ्रम कुमारहरू छन् । यी भ्रम कुमारहरू या त चेतनाको गुलाम भएका छन् या त व्यक्तिगत वा पारिवारिक फाइदाका लागि स्वाभिमान बेचिरहेका छन् । भ्रम कुमारहरूले दिउँसै रात पार्ने र नेपाली समाजलाई अल्मलाउने भूमिका खेलिरहेका छन् । उनीहरूले सम्बन्धित दलका समूहगत नेता जति अक्षम भए पनि जयजयकार गर्ने, राजनीतिक फाइदा लिने, स्वाभिमान गुमाउने र अभिमान प्रकट गर्ने काममा अभ्यस्त छन् । यिनीहरूले भ्रष्टहरूलाई माला लगाउँछन् । गल्तीहरू ढाकछोप गर्छन् । आपूmलाई फाइदा हुन्छ भने नेताका पछाडि लाग्न यिनीहरूलाई स्वाभिमानले छेक्दैन । लोकलाजले रोक्दैन । त्यसैले सामाजिक न्याय, विकास र सुशासन हराउँदै गएको छ ।

हरेक नागरिकले कुनै पनि राजनीतिक दलको कार्यकर्ता वा मतदानकर्ता हुनुभन्दा अगाडि सच्चा नेपाली, स्वतन्त्र चिन्तन गर्न सक्ने व्यक्ति हुन जरुरी छ

नेपाली राजनीतिमा आधा दर्जन असक्ष नेताहरूले जेलजीवन भजाएर रजाइँगरिरहेका छन् । जनक्रान्ति गरेको नाममा राजनीतिलाई व्यवसाय बनाइरहेका छन् । र जबर्जस्त कार्यकर्ताको उत्पादन गरेका छन् । नयाँ पुस्ता भनिनेहरू पनि राजनीतिक रूपी घारको वरिपरि घुमी रहेको देखिन्छ । अवसर पाएमा घारभित्र पसेर महको स्वादलिन ¥याल काढी रहेको यो जत्थामा स्वाभिमान देखिँदैन । देश विकास र जनहितको विषय उठान गरेको पाइँदैन । लम्पट कार्यकर्ताहरू असक्षम नेतृत्वको टेको बनिरहेकाले राजनीति सुध्रिन सकेन । सक्षमहरूले ठाउँ पाएनन् ।

अहिलेको नेतृत्वले राणाकालविरुद्ध संघर्ष गरेको, पञ्चायती शासनविरुद्ध लामो समय भूमिगत क्रान्ति गरको, निरञ्कुस व्यवस्था ढालेको, प्रजातन्त्र ल्याएको, जेलनेल भोगेको, जनक्रान्ति गरेको, राजतन्त्रको अन्त्य गरेको, गणतन्त्र स्थापना गरेको, नेपाललाई संघीयतामा लगेको, संविधान सभाबाट जनताको संविधान बनाएकोलगायतका विषय उठाउने गरेको पाइन्छ । इतिहासको कुरा गलत होइन । तर ती परिवर्तनहरू किन भएका थिए भन्ने विषयमा भ्रम कुमार किन उदासीन छन् ? उनीहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, अनियमितता, कमिसन, सेटिङ, महँगी, कालो बजारी, कमजोर शिक्षा, महँगो स्वास्थ्य सेवा, बेरोजगारलगायतका विषय किन देख्दैनन् ? किन बुभ्mदैनन् ? उल्लेखित विषयको सिर्जना गर्ने कर्ता को हो ? भन्ने समीक्षा किन गर्दैनन् ?

अन्त्यमा नेपाल हामी सबैको साझा घर हो । यो देशको विकास र समृद्धि भएमा हामी सबैको विकास हुन्छ । त्यसैले हरेक नागरिकले कुनै पनि राजनीतिक दलको कार्यकर्ता वा मतदान कर्ता हुनुभन्दा अगाडि सच्चा नेपाली, स्वतन्त्र चिन्तन गर्न सक्ने व्यक्ति हुन जरुरी छ । सीमित स्वार्थका लागि कसैले पनि स्वाभिमान नबेचांै । ठीक र बेठीक छुट्याआंै । आपसमा लड्ने, भिड्ने काम बन्द गरौं । हाम्रा शत्रुहरू भनेका अशिक्षा, गरिब, भोक, रोग, भ्रष्टाचार, कुशासन, वेरोजगार र पछोटेपन हुन् । यिनीहरूविरुद्घ एकजुट भएर लडौं । मुलुकका समस्या समाधान गर्न सबै देशको झन्डामुनि आबद्ध होआंै । देश निर्माणमा लागांै ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३