राम जानकी विवाह सम्पन्न, आज रामकलेवा

जनकपुरधाम । राम जानकी विवाह पञ्चमी महोत्सवको अन्तिम दिन जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।

आज राम कलेबा हुने छ । रामकलेवामा विहेका जन्तीलाई भोजन गराउने परम्परा हो, जुन ठाउँमा रामजानकीको विहे भएको थियो त्यही ठाउँमा भोजन गराइने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए ।

राती अबेर वैद्धिक परम्परा अनुसार जानकी मन्दिरमा राम जानकीको विवाह सम्पन्न भएको छ । पण्डितद्वारा मन्त्रोचारणसँगै भएको सो विवाह कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहित विभिन्न मन्दिरका साधुसन्तको उपस्थिति रहेको थियो ।

सात दिवसीय महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौ दिन स्वयंवर र विहे, सातौ दिन राम कलेवा हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर