केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन ?
यतिबेला मुुलुक वामपन्थीहरूको अधिनायकवादको चपेटमा परेको छ । यदि वामपन्थीहरूको अधिनायकवादलाई बेलैमा चिर्न सकिएन भने नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा छ । त्यति मात्र नभई नेपाली राष्ट्रियता नै खतरामा पर्ने अवस्था देखिन्छ । तर, यस विषयमा राजनीतिक नेता तथा जिम्मेवार तहमा बस्ने कोही पनि सम्वेदनशील भएको देखिँदैन । यो अत्यन्त दुर्भाग्यपूर्ण विषय हो । जुन विषयलाई नेपाली कांग्रेस पार्टीले सशक्त ढंगले उठाउनुपर्छ भन्ने मेरो मान्यता रही आएको छ । त्यसकारण मैले केन्द्रीय सदस्य पदमा तेस्रोपटक उम्मेदवारी दिँदै छु ।
कमजोर अवस्थामा रहेको कांग्रेसलाई उकास्न यहाँको भूमिका कस्तो हुन्छ ?
हो, यतिखेर नेपाली कांग्रेस पार्टीको संगठन वडादेखि केन्द्र तहसम्म अत्यन्त कमजोर रहेको महसुस आमनेता तथा कार्यकर्ताले गरिरहेका छन् । जसको प्रत्यक्ष असरनिकट भविष्यमा हुने स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पर्ने देखिन्छ ।
यदि पार्टीको १४औं महाधिवेशनमा पार्टीप्रति चिन्ता गर्ने व्यक्ति नजाने हो भने निर्वाचनमा ठूलो क्षति बेर्होनुपर्ने देखिन्छ । त्यसकारण पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छुु ।
हिन्दु राष्ट्रको विषयमा पनि यहाँको फरक मत छ नि होइन ?
नेपाल बैद्धिक सनातन हिन्दू धर्मालम्बीको उद्गम थलो हो भन्ने विषय सबैलाई जगजाहेर भएकै विषय हो । जसका कारण नेपालको विश्वमा विशेष पहिचान रहेको छ । यो पहिचानलाई विश्वमाझ चिनाउन पनि सनातन हिन्दू राष्ट्र स्थापना गर्नुपर्छ ।
यो सम्भव छ ?
यो विषय’bout कांग्रेसका बहुुसंख्यक महाधिवेशन प्रतिनिधिले पार्टीभित्र आवाज उठाउँदै आइरहेका छन् । यो विषयलाई कांग्रेस पार्टी गम्भीर ढंगले लिनुुपर्छ भन्ने मेरो मान्यता रही आएको छ । यो विषयलाई पार्टीमा सशक्त ढंगले आवाज उठाउन पनि मेरो उम्मेदवारीले बल पु¥याउँछ भन्ने मेरो बुुझाइ छ ।






