ठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् । ठेकेदार भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार थिए ।

काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका उनी मुख्य ठेकेदार हुन् । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार