मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् ।

महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् ।

मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित