काठमाडौं । अभिनेता राजेश हमाललाई किनमेल गर्न मन पर्छ । किनमेल गर्न बजार जाँदा बजारको भाउ बुझ्नुका साथै उत्पादनसम्बन्धि जानकारी पनि पाईने उनले बताएका छन् ।
पत्नी मधुसँग बेला बेलामा उनी मल देखि सुपर मार्केटसम्ममा सपिङ गर्न जाने गर्छन । यसरी मल र ग्रोसरीमा गएर सपिङ गर्दा स्वदेशी देखि बिदेशीसम्मको उत्पादन’bout जानकारी लिने पाईने उनको कथन छ । अरु उत्पादन आफुले किन्ने गरे पनि तरकारी घरमै आउने गरेको उनले बताएका छन,‘केही वर्षयताबाट तरकारी घरमै आउँछ । पैसा तिर्दा मात्र महँग बढेको र घटेको थाहा हुन्छ ।’ अभिनेता हमालले बताएका छन् ।
आफुले स्वदेशी उत्पादन पनि त्यत्तिकै प्रयोग गर्दै आएको दाबी सहित अभिनेता राजेश हमालले स्वदेशी ब्रान्डलाई महत्व दिनु पर्ने बताएका छन् । साथी मार्टको ब्रान्ड एम्बेस्डर बनेका अभिनेता हमालले सो मार्टसँग बिहिबार एक समारोहबीच हस्ताक्षर गर्दै उनले स्वदेशी ब्रान्डलाई महत्व दिन अनुरोध गरेका हुन् ।
अभिनेता हमालले हामी सबै बिदेशी ब्रान्डको पछि लाग्ने हो भने नेपाली उत्पादनहरु माथि उठ्न नसक्ने बताएका छन् । स्वदेशी ब्रान्डको प्रयोगलाई राष्ट्रियतासँग जोड्दै उनले हाम्रा उत्पादनलाई हामीले विश्वास गरेपछि मात्र विदेशीले बल्ल विश्वास गर्ने बताएका छन् ।
‘स्वदेशी उत्पादन भन्नसाथ गुणस्तरमा कमसल हुन्छ भन्ने हामी नेपालीहरुको सोचाइ छ । तर, त्यो धेरै ठूलो भ्रम हो र स्वदेशमा उत्पादन हुने कतिपय बस्तुहरु विदेशमा उत्पादन हुने बस्तु भन्दा धेरै गुणस्तर हुन्छन् ।’ अभिनेता हमालले भने,‘यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ र स्वदेशी उत्पादनकै प्रयोग गर्नुपर्छ ।’
नेपाल धेरै स्वदेशी उत्पादनमा आत्म निर्भरहुँदै गएको पनि अभिनेता हमालको कथन छ । उनको भनाईमा आज सिमेन्टदेखि जस्तापातासम्म, चाउचाउ देखि चियासम्म धेरै स्वदेशी उत्पादनले बिदेशी उत्पादनलाई नेपालबाट बिस्थापित गरिसकेको छ । त्यसैले स्वदेशी उत्पादनलाई प्रयोग गरेर स्तरीय पाएमा निरन्तरता दिनु पर्ने सुझाब उनले दिएका छन् ।
स्वदेशी उत्पादनको बिक्री वितरणलाई लक्षित गरेर खुलेको साथी मार्टको ब्रान्ड एम्बेस्डर पनि सोही कारण आफु बनेको उनले प्रस्ट्याएका छन् ।
‘साथी मार्ट’ सँग आफू जोडिनुको कारण’bout उनले कार्यक्रममा भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनियता राम्रो भएकाले नै म ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएको हुँ । अहिलेको अवस्थामा रिटेलिङ सपिङ्ग हरेक व्यक्तिको आवश्यकतामा पर्छ । कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु ।’
स्थापना भएको १६ महिनामै मुलुकका सात प्रदेशमै ८० भन्दा बढी आउटलेख खोल्दै मध्यम र निम्न बर्गलाई मार्टमा आउन प्रेरित गरेकाले पनि आफु यो मार्टको ब्रान्ड एम्बेस्डर बनेको पनि हमालले बताएका छन,‘साथी मार्टका साथीहरुले राम्रो गुणस्तरका स्वदेशी उत्पादनलाई खोजी खोजी यो मार्टमार्फत देशभर बिक्री गर्नु भएको पाएँ । अनि म यो मार्टसँग जोडिएको हुँ ।’ हमालले भने । सो क्रममा अभिनेता हमालले साथी मार्टका एप्स पनि लन्च गरे ।
सो पत्रकार भेटघाटका क्रममा साथी मार्टका सिईओ सागर पोखरेलले आगामी तीन वर्षभित्र एक हजार आउटलेट देशभार खोल्ने लाक्ष्य लिएको बताए ।






