चलचित्रबृत्तमा लैंगिक विभेद बढेपछि बोर्डको सक्रियता

??

काठमाडौ । लैंगिक विभेदीकरणका समस्याहरु नेपाली चलचित्र उधोगमा हुँदै आएको थुप्रै घटना छन् । यसतर्फ चलचित्र विकाश बोर्डको ध्यान यतीबेला केन्द्रित भएको छ । यस अघि लैंगिक विभेदका घटनाहरु चलचित्रका विभिन्न संघ संस्थाले मिलाउँदै आएका थिए । यस्ता विभेदिकरणका समस्यालाई अब बोर्डले हल गर्ने जनाएको छ ।

नेपाली चलचित्र बृत्तमा लैंगिक विभेदका घटनाहरु बेला बेला हुँदै आएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुमाथि चलचित्रमा काम गर्ने क्रममा निर्माता भुवन केसीबाट लैंगिक विभेद भएको आरोप गत वर्ष लगाईन् । उनको सो आरोपको अभिनेता केसीले खण्डन गरे । यी दुई बीच आरोप प्रत्यारोप चर्किएपछि लैंगिक विभेदिकरण सम्बन्धि यो विवाद नेपाल चलचित्र कलाकार संघमा पुग्यो । संघले यी दुई जनाको यो मुद्धालाई मिलाउने कोसिस ग¥यो । पछि यो विवाद त्यत्तिकै सेलायो ।

यस्तै अस्लिल तस्बिर तथा अस्लिल भिडियोमा नेपाली नायिकाहरुको टाउको जोडेर उनीहरुको बदनाम हुने गरी अस्तिल तस्बिर तथा भिडियो बनाउने कार्य बेला बेलामा हुँदै आएको छ । यस्ता तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएका घटनाको उजुरी पनि नायिकाबाट कलाकार संघमा यस अघि परेको थियो । नायिकाहरुमाथिको लैंगिक विभेदीकरणका यस्ता घटनालाई आफुहरुले मिलाउँदै आएको संघका उपाध्यक्ष मोहन निरौलाले बताएका छन्,‘यस्ता उजुरीमाथि हामीले नेपाल प्रहरी मार्फत अनुसन्धान गराएर आरोपितलाई कारवाही पनि गराउँदै आएका छौं । यो मात्र हैन, धेरै प्रकारका लैगिक विभेदीकरणका समस्यालाई हामीले न्यायिक समितिमार्फत समाधान पनि गर्दै आएका छौं ।’ अब यो समस्यालाई बोर्डले हेर्ने भएपछि आफुहरुले यो प्रकरणमा बोर्डलाई सहयोग गर्ने पनि निरौलाले राजधानीलाई बताएका छन् ।

‘यो मात्र हैन, नेपाली चलचित्र क्षेत्रमा लैगिक विभेदका मुद्धाहरु बेला बेलामा भईरहन्छन् । कहिले पुरुष कलाकारले महिला कलाकारमाथि त कहिले महिला कलाकारले पनि पुरुष कलाकारमाथि यस्तो विभेद गर्दै आएका छन् ।’ कहिले महिला महिला बीच पनि यस्तो विभेद भएको कलाकार संघका उपाध्यक्ष निरौलाले बताए । कलाकार संघमा लैंगिक हिंसा तथा लैंगिक विभेदिकरणका उजुरीहरु बढेपछि अब यो उजुरी चलचित्र विकाश बोर्डले हेर्नु उपयुक्त भएको पनि निरौलाको कथन छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार यस्तो विभेदिकरणका उजुरीहरु कलाकार संघ, निर्माता संघ देखि निर्देशक समाजमा पर्ने गरेको थियो । यसलाई सकेसम्म न्युनिकरण गर्नको लागि बोर्डले अब लैंगिक विभेदिकरणका उजुरीहरु लिने छ । त्यसमाथि अनुसन्धानसँगै मिलाउने कार्य गर्ने पनि उनको भनाई छ ।

बोर्ड अध्यक्ष दाहालका अनुसार बोर्डको महिला शसक्तिकरण समितिलाई यो जिम्मा दिईएको छ । समितिकी संयोजक भिमा मैनालीले अब यस्ता समस्या परेकाहरुले बोर्डको महिला शसक्तिकरण समितिमा सोधै उजुरी दिन आग्रह गरेकी छिन्,‘यो महिला शसक्तिकरण समिति भए पनि हामी महिला पुरुष तथा तेश्रो लिँगी जो सुकैमाथि हुने विभिन्न विभेदका समस्यालाई मिलाउने प्रयास गर्ने छौं । यदी यस्ता समस्या बोर्डको पहलमा नमिलेको खण्डमा उचित कानूनी परामर्शमा पठाउने हाम्रो प्रयास हुनेछ ।’ संयोजक भिमाले राजधानीसँग भनिन् ।

भिमाका अनुसार यो समितिले चलचित्र क्षेत्रमा हुने लैंगिक हिन्साका घटनाहरुको खोजी पनि सुरु गरेका छ । यसले लैंगिक हिन्सा रोक्न मद्धत पु¥याउने उनको विश्वास छ । आफुहरुलाई परेका कुनै पनि लैंगिक विभेदिकरणका घटनाका ’bout महिला शसक्तिकरण समितिमा उजुरी दिन पनि संयोजक मैनालीले आह्वान गरेकी छिन् ।

सो समितिले लैंगिक विभेदका’bout चलचित्रकर्मीसंग राय सुझाब सँकलन पनि यसै साताबाट सुरु गरेको छ । चार दिन अघि बोर्डमा लैंगिक विभेदसम्बन्धि एक अन्तरक्रिया कार्यक्रम नै आयोजना गरियो । सो कार्यक्रम मार्फत समितिले राय सँकलन सुरु गरेको हो । अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीहरु दिएको राय सुझाब अनुसार आफुहरुले कार्य अघि बढाउन थालेको पनि उनले बताएकी छिन् ।

‘यतीबेला विभिन्न चलचित्रको छायाँकन भईरहेकाले हामी लैंगिक विभेदका ’bout फारम नै लिएर छायाँकन स्थलमा पुग्ने छौं । त्यहाँ पीडित कलाकार तथा चलचित्रकर्मीलाई हामीले फारम दिएर तत्कालै लेखाई घटना सँकलन गर्नेछौं’ भिमाले भनिन् । उनका अनुसार छायाँकनको क्रममा लैंगिक विभेदका कारण काम गर्न गाह्रो भएको छ भने पुरुष महिला तथा तेश्रो लिँगी जो सुकैले पनि बोर्डमा तत्काल उजुरी दिन सक्नेछ । आर्थिक, सामाजिकलगायत विभिन्न कारणले भएको लैंगिक विभेदलाई आफुहरुले मिलाउन कोशिस गर्ने भिमाको कथन छ । यदी यो प्रकरण गम्भिर छ भने सोही अनुसारको कानूनी उपचारमा पनि बोर्डले पहल गर्ने भएको छ ।

चलचित्र विकाश बोर्डले गर्ने यो पहल सराहनीय भएको माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले सुझाब सँक्रलन सम्बन्धि अन्तरक्रियामा बताएकी छिन् । बाहिरबाट निकै आकर्षक देखिने तर भित्र लैंगिक विभेदका घटना भईरहने चलचित्र क्षेत्र पनि भएको उनको कथन थियो । अब बोर्डको प्रयासले यस्ता विभेदमा न्युनिकरण आउने विश्वास उनले लिएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ