नम्बर ५ बाहिनीमा सुवेदी, सचिवालयमा तिउसिना र इन्टेलिजेन्स ब्युरोमा कुँवर
काठमाडौ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार एक जना वरिष्ठ उपरीक्षक (एसएसपी), तीन जना कामु एसएसपीको सरुवा र ११ जना कामु एसएसएपीको पदस्थापन गरेको छ ।
सशस्त्र मुख्यालयले हालै कामु एसएसपी बनेका ११ जनाको पदस्थापन गरेको हो । जसअनुसार नम्बर १ बाहिनीमा विश्व भट्टराई, २ मा विष्णुप्रसाद भट्ट, ३ मा माधव पौडेल, ५ मा दिग्विजय सुवेदी र ६ मा नीरकृष्ण अधिकारीलाई पदस्थापन गरेको छ ।
यसैगरी, भुपेन्द्र केसीलाई कार्यविभाग, कमल तिउसिनालाई सशस्त्र प्रहरी महनिरीक्षकको सचिवालय, सुधिरजंग थापालाई राष्ट्रिय सुरक्षा परिषद, किरण बस्नेतलाई मानवस्रोत विभाग, दीपेन्द्र कुँवरलाई इन्टेलिजेन्स ब्युरो र प्रविण कँडेललाई नम्बर ९ बाहिनीमा पदस्थापन गरिएको छ । कँडेलबाहेक १० जना सिसं २ का अधिकृत हुन् ।

यसैगरी सशस्त्र मुख्यालयले एसएसपी विदूर खड्कालाई आर्थिक प्रशासन महाशाखा, दीपक अधिकारीलाई स्टाफ कलेज, विनोदराज श्रेष्ठ र प्रकाश थापालाई मानवस्रोत विभाग सरुवा गरेको छ ।






