कोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द

इलाम । इलामको पशुपतिनगरमा रहेको चीज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल नौ सय लीटर दुध मात्र दैनिक संकलन हुने गरेपनि २५ दिन यता नोबल कोरोना भाइरस (कोभिड १९) का कारण बन्द गरिएको केन्द्र प्रमुख हेम थाम्सुहाङले जानकारी दिए ।

देशकै ठूलो चीज उत्पादन केन्द्रको रूपमा परिचित इलामको पशुपतिनगर चीज उत्पादन केन्द्र बन्द भैसकेका छन भने यस अन्तर्गतका इलामका ४ तथा पाँचथरका २ चिज उत्पादन केन्द्रमा चिज उत्पादन बन्द गर्नुपर्ने अवस्थामा रहेका छन ।

थाम्सुहाङ भन्छन ‘कोरोना भाइरसले गर्दा पर्यटक नआउने भएका कारणले बन्द गर्नुपर्ने अवस्थामा पुगेका हौँ ’। उनले भने ‘ चीज उत्पादन केन्द्र सञ्चालनका लागी स्थानीयलाई भेला पारेर पनि जानकारी गराई सकेको छु स्थानीय बासि साँग पनि कुरा गरेको छु । व्यवस्थापन समिति र अध्यक्षलाई पनि बोलाएर उत्पादन केन्द्र सञ्चालन गर्न समस्या हुदैछ भन्ने जानकारी पनि गराए । उत्पादन केन्द्र सहकारी सँस्थाका १८ भन्दा बढि सँस्थालाई बालाउँदा पनि दुध सँकलन हुन सकेको छैन । निजि सँस्थामा धेरै किसान हुने र धेरै जनाका धेरै आवज निस्कनाले पनि हाम्रोमा दुध आउन नसकेको हो ’।

नीजि डेरी तथा चीज उत्पादन केन्द्रमा दुधको मुल्य बढी पाउने भएकाले किसानहरु नीजी कारखानामा आकर्षित भएपछि दुध कम संकलन हुने गरेको थियो । चीजको बजार तलमाथि भइरहेपनि संस्थानले तोकेको मुल्यमा दुध खरिद गर्नु परेकाले चीज उत्पादन केन्द्रमा कमै मात्रामा दुध आउने गरेको उनको भनाई छ । तीन फ्याटको मात्रा भएको दुध प्रतिलिटर ४८ रुपैयामा खरिद गर्ने गरे पनि किसानले उक्त मुल्य भन्दा बढि पाएकाले नीजि डेरी र दुध संस्थामा दुध उपलव्ध गराउने गरेका छन् ।
संस्थानले चीज उत्पादन केन्द्रमा दुधको कमी भएमा आफ्नै चिस्यान केन्द्रबाट ल्याएर भएपनि चीज बनाउन सकिने तर चिजको बजार नै नभएको कारण चिज बनाएपनि विक्रि नभएको कारण झन समस्या आउने गरेको केन्द्र प्रमुखको भनाई छ ।

केन्द्रमा विगतमा १७ कर्मचारी रहेकोमा हाल दुई जनाले चीज उत्पादन गरिरहेका थिए । तर अहिले कार्यलयमा एक जना मात्र कर्मचारि छन । पशुपतिनगर केन्द्रमा दैनिक १५ किलो चीज मात्र उत्पादन हुने गरेको थियो ।
चीज उत्पादन घटेसँगै २०५३ सालमा स्थापित यो केन्द्र जिर्ण बन्दै गएको छ । एक चिज भ्याट संचालन हुन सकेको छैन भने मेशीनरी समेत पुराना भएका छन् । चीज भण्डारमा चिज नभएर ¥याक पनि खालि रहेका छन् । कुनैबेला इलामकै ठूलो चीज उत्पादन केन्द्रको रुपमा परिचित यो कारखाना संचालन गर्न अव धौ धौ परिरहेको छ । पशुपतिनगर सँगै इलामका रक्से, देउराली, नयाँबजार चीज उत्पादन केन्द्र मध्ये नयाँबजारमा चीज उत्पादन बन्द भएको छ ।

यी तीन कारखाना पनि संस्थान अन्तर्गतकै हुन् । अन्य तीन कारखानामा भने अत्यन्तै न्युन मात्रामा चीज उत्पादन हुने गरेको छ भने मखन उत्पादन भएको छैन । यी कारखानामा विगतमा दुइ हजार पाँच सय दैनिक चीज उत्पादन हुने गरेकोमा हाल दुइ सय किलो सरदर दैनिक चीज उत्पादन हुने गरेको छ । चीज उत्पादन गर्न नीजि स्तरमा पनि प्रशस्त कारखाना खुलेपछि दुधको बजार समेत बाँडिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 464 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु