राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरण

आज बस्ने कन्द्रीय समिति बैठकले निर्णय लिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज आइतबारदेखि मंगलबारसम्म गर्न लागेको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको स्थायी समिति सदस्य गणेश साहले बताए । यद्यपि, स्थायी समितिको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै यस विषयमा निर्णय हुनेछ । केन्द्रीय समिति बैठक आज आइतबार बिहान ८ बजे बस्ने भएको छ । केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ ।

‘बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । यद्यपि स्थायी समितिको निर्णय आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ । नत्र, राष्ट्रिय सम्मेलन भनेर नै कार्यक्रम अगाडि बढ्छ,’ स्थायी समिति सदस्य साहले भने ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिएको बताए । स्थानीय तह, प्रदेश समितिको अधिवेशन भन्दै आएकाले यसलाई केन्द्रीय महाधिवेशन नै भनौं भन्ने प्रस्ताव बैठकले पारित गरेको उनले बताए ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलनमा विचारको बहस गरेपछि महाधिवेशनमा गएर आमसभा गरेर शक्तिप्रदर्शन गर्ने बताउँदै आएको थियो । तर, स्थायी समिति बैठकमा अध्यक्ष दाहालले नै महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव गरका थिए । े

महाधिवेशन र राष्ट्रिय सम्मेलनमा के फरक ?

माओवादीले भन्ने गरेको महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ठूलो भिन्नता नभएको पार्टीका नेता बताउछन् । माओवादी कार्यालयका सचिव श्रीराम ढकालले महाधिवेशन र सम्मेलनमा ठूलो भिन्नता नभएको बताए ।

महाधिवेशनमा अन्य दलका नेता र विदेशस्थित राजनीतिक दलका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने भए पनि राष्ट्रिय सम्मेलन पार्टीका प्रतिनिधिमाँझ मात्रै गरिने ढकालले बताए । पार्टीको नीति, नेतृत्व र वैचारिक कार्यदिशा चयनको अधिकार राष्ट्रिय सम्मेलन र महाधिवेशन दुवैमा समान भएको उनले बताए ।

यसअघि २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामै फर्केर माओवादीले नेतृत्व चयन गरेको थियो । पेरिसडाँडामा मतदानबाट नेतृत्व चयन भए पनि मतदाता केन्द्रीय सदस्य मात्र थिए ।
डा. बाबुराम भट्टराई उम्मेदवारी दर्तामै सहभागी नभए पनि उनलाई पार्टीमा निर्वाचित गराइएको थियो । त्यसअघि माओवादीले २०६९ सालमा हेटौंडामा महाधिवेशन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि भएको पहिलो महाधिवेशनबाट दाहाल अध्यक्षमा पुनः निर्वाचित भएका थिए ।

नेपाली शब्दकोषमा महाधिवेशनको अर्थ, ‘राजनीतिक, सामाजिक आदि संघ–संस्थाका सबै तह र स्थानका प्रतिनिधि वा सम्बद्ध व्यक्ति भेला भई विधानअनुसार आयोजना गरिने ठूलो सम्मेलन’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै सोही शब्दकोशमा सम्मेलनको अर्थ, ‘कुनै संघसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्ति कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम’ भन्ने उल्लेख गरिएको छ ।

पदाधिकारी १५, स्थायी समिति ३३, पोलिटब्युरो ९९ सहित केन्द्रीय सदस्य २९९ हुने

माओवादी केन्द्रले पदाधिकारी संख्या १५ राख्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय पदाधिकारीको संख्या १५ राख्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय समितिमा पदाधिकारी संख्या १५ जना राख्ने अध्यक्ष दाहालको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल भएको छ । पदाधिकारीका आकांक्षी बढेसँगै यस’bout थप छलफल गरेर अगाडि बढ्नुपर्ने आवश्यक रहेको माओवादी स्रोतले जनाएको छ ।
‘अध्यक्ष कमरेडबाट केन्द्रमा पदाधिकारीको संख्या १५ राख्ने प्रस्ताव आएको छ । यस’boutमा थप छलफल गरेर सोहीअनुसार अगाडि बढ्छौं,’ ती नेताले भने ।

माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । माओवादी केन्द्रले विधान मस्यौदा समिति गठन गरेर प्रस्ताव संकलनका साथै छलफल गरिरहेको छ ।

विधान मस्यौदा समितिका संयोजक देव गुरुङले आएका सुझावको अध्ययन गरे महाधिवेशनमा पेस गर्ने बताए । सम्मेलनमा सहभागी प्रतिनिधि समेतको सुझावका आधारमा पारित विधानअनुसार नेतृत्व चयन हुने उनले बताए ।

माओवादी केन्द्रको अहिले १५ सदस्यीय स्थायी समिति रहेको छ । सोही स्थायी समितिका सदस्यलाई पदाधिकारी बनाएर अगाडि बढ्दा थप दबाब नहुने निष्कर्षसहित पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्तावमा छलफल जारी छ ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र चार सचिव राख्ने अध्यक्ष दाहालको प्रस्तावमा छलफल भइरहेको छ । अध्यक्ष दाहालले पदाधिकारीको संरचना प्रस्ताव गरे पनि निर्णय गर्न भने बाँकी नै रहेको छ ।

अध्यक्ष दाहालसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपाणि खनाल स्थायी समिति सदस्य छन् ।

स्थायी समितिको सदस्यमा रहेका नेतालाई पदाधिकारी बनाउने गरी प्रस्ताव आएको हुन सक्ने अनुमान नेताहरूको छ । माओवादीको विधानमा केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति गठन गर्ने उल्लेख गरिएको छ ।

अहिलेको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । यसमा संशोधन नभएको अवस्थामा विधानअनुसार स्थायी समिति ३३ सदस्यीय, पोलिटब्युरो ९९ सदस्यीय गठन हुन्छ ।

एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्नेमा बहस हुने

कार्यक्रममा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ’boutमा बहस हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा एमसीसी’bout उल्लेख गरेपछि महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बीचमा समेत बहस हुने बताइएको छ ।

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडान लिँदै माओवादी केन्द्रले सम्झौताका सर्तहरू संशोधन गरेर स्वीकार गर्ने पक्षमा उभिँदै आएको छ । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने कि नगर्ने भन्ने ’bout राजनीतिक दलबीच मत भिन्नता रहेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले माओवादीको बसेको स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले संक्षिप्त रूपमा एमसीसीको चर्चा गरे पनि दस्तावेजमा त्यो कसरी आउँछ प्रस्ट नभएको बताए ।

‘यथास्थितिमा यसलाई पारित गर्न हुँदैन भन्ने हाम्रो कुरा हो । यो आमजनतासँगको चासोको विषय बनिसक्यो । कतिपय प्रावधान’bout प्रश्न उठिरहेका छन् । त्यस’bout छलफल गर्नुपर्छ । अध्यक्षले पनि पार्टीको पुरानै धारणा राख्नुभएको छ र यसमा राष्ट्रिय सहमति चाहिन्छ भन्नुभएको छ,’ गजुरेलले भने ।

उनले दस्तावेजमा यो विषय कसरी समेटिन्छ र प्रतिनिधिबाट कस्तो प्रतिक्रिया आउँछ अहिले भन्न नसकिने बताए । महाधिवेशनमा यस’bout थप छलफल तथा बहस हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ