काठमाडौं। ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि ट्यालेन्ट हन्टबाट दुई युवा खेलाडी छनोट गरेको छ । साविक विजेता समेत रहेको ललिपुरमा युवा बायाँ हाते स्पिनर अरियो पौडेल र ब्याट्सम्यान बिभत्सु थापाले ट्यालेन्ट हन्टमार्फत छनोट गरेका हुन् ।
२ सय ३१ युवा खेलाडीबाट अरियो र बिभत्सु छनोट भएको ललितपुरले जनाएको छ । फागुन २३ गते देखि ललितपुरको इमाडोलस्थित बल पार्क एकेडेमीमा भएको ट्यालेन्ट हन्ट प्रशिक्षक राजु बस्न्यात, स्पिनर सुर्य तामाङ र अलराउन्डर सोनु तामाङको टोलीले दुई युवा खेलाडी छनोट गरेका हुन् ।
अरियोले एक साताअघि मुलपानी क्रिकेट मैदानमा सम्पन्न हिमालय क्रिकेट लिग यू–१९ दुई दिवसिय प्रतियोगितामा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गर्दै उदयमान खेलाडी घोषित भएका थिए ।
ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको छ । गत वर्ष ललितपुरले ट्यालेन्ट हन्टबाट तीब्र गतिका बलर कमल खत्रीलाई टोलीमा अनुबन्ध गरेको थियो ।
इपिएल चैत १ गते देखि १५ गते सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएपनि विश्वभर फैलिएको कोराना भाइरस (कोभिड–१९) को कारण अनिश्चित कालको लागि स्थगित भई सकेको छ ।






