Thursday, December 3, 2020
Home Exclusive सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा छन् । यद्यपि, डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकको निगरानीमा बसेर उनले पदीय दायित्वअनुसारको काम गर्न सक्ने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई साधारण नागरिक जत्तिकै सक्रिय हुन अझै ६ महिना लाग्छ । ‘पहिलो एक महिना उहाँलाई औषधिको बढी डोज भएकाले संक्रमणको सम्भावना रहन्छ त्यसैले भीडभाडमा जानु जोखिम हुन्छ । ६ महिनापछि भने साधारण मान्छेझैं सक्रिय रूपमा जीवन बिताउन सक्नुहुन्छ,’ प्रा. डा. शाहले भनिन् ।

प्रधानमन्त्री ओलीले डिस्चार्जपछि दैनिक कार्यहरू सचिवालयबाटै गर्न मिल्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पारिवारिक निर्णयपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्जको तयारी थालिनेछ ।

डिस्चार्ज गर्दा फरक नपर्ने भए पनि घरमा आवश्यक व्यवस्थापनको तयारी पूरा नभएकाले केही समय अस्पताल बसाइ लम्बिएको मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. शाहले जानकारी दिइन् । ‘घरमा पनि तयारी गर्नुपर्ने हुन्छ । तयारी अझै पूरा भइसकेको छैन । घरबाट पनि एक–दुई दिन अझै राखिदिनुहोस् भनेर रिक्वेस्ट आएको छ । यद्यपि, प्रधानमन्त्रीे अस्पतालबाट छिटो डिस्चार्ज हुन चाहेका छन्,’ उनले भनिन् ।

यो पनि पढ्नुहोस   नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

प्रधानमन्त्रीलाई सहज नहुँदासम्म डिस्चार्ज नगरिने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रा.डा. शाहले भनिन्, ‘अपेक्षाकृत सुधारका लक्षण देखिएका छन् । हामी यथाशीघ्र चाँडो डिस्चार्ज गर्छौं,’ उनले भनिन् ।

प्रधानमन्त्रीको मिर्गौलाले कम मात्रामा काम गर्न थालेपछि डायलाइसिस दिँदै आए पनि सोही समयबाट प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिँदै आएका थिए । डायलाइसिसभन्दा प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् ।

शाहले भनिन्, ‘चार महिनादेखि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दै आइरहेका थियौं । सबै कुरा मिलिसकेपछि एक महिनाअघि त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने भन्ने तय भइसकेको थियो ।’

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनले केही दिन अझै अस्पतालमै आराम गर्न चाहेको प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीले बताए । एक साताअघि बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम । रप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन...

जीवन र जीविकाको सवाल

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ३० वर्ष बित्यो । गणतन्त्र ल्याएको पनि १५ वर्ष भयो । नेपालका राजनीतिक दलहरूले प्रजातन्त्रलाई जनताको गाँस, बास, कपास, शिक्षा,...

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

उदयपुर ।  जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ...

साताका लोकप्रिय समाचार

१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख...

प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो...

जुम्लामा आगलागीका घटना बढे, चार दिनमा डेढ हेक्टर वन र तीनतले घर खरानी

जुम्ला । सुख्खा मौसम सुरू भएसँगै जुम्लामा आगलागीका घटनामा वृद्धि भएको छ । चार दिनको अवधिमा जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई ओटा आगलागीका घटना भएका...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित...

ट्रेन्डिङ

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको...

हात धुने बानीको विकास अति जरुरी : यादब

रौतहट । रौतहटमा पनि ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईएको छ । एक...

संकटमा सेलाएको दलीय भूमिका

मुलुकमा हुने विभिन्न परिवर्तनका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल कोरोना संक्रमणमा भने मौन प्रायः देखिएका छन् । भूकम्पको समयमा राजनीतिक संयन्त्र बनाएर विपद्मा जनतालाई...

पाँच लाखसहित २४ जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट...

मनै लोभ्याउने ‘शिवपुरी–गोसाईंकुन्ड’ पदमार्ग (फोटोफिचर)

महत्वपूर्ण पौराणिक ग्रन्थ हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिव–कथा, किंवदन्ती र आस्थासँग जोडिएको शिवपुरी–गोसाईंकुन्ड पदमार्ग राजधानीबाट सुरु भएर अति विकट हिमालयसम्म फैलिएको प्राकृतिक,...

जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

माइती गाउँ पुगेर हरिदेबीले गाइन् पाइन खबर…

लमजुङ । लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

वागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

(Visited 90 times, 1 visits today)