लिङ्देनले चार नेतालाई कारबाही गरेकोप्रति कमल थापाको आपत्ति

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका चार जिल्लास्तरीय नेतामाथि भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै  आपत्ति जनाएका हुन् ।

लिङ्‍लेनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । 

‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् । 

राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय