सप्तरी, राजविराज । भारतीय बजारबाट चोर बाटो हुँदै लागुऔषध ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतो छन् ।
बिहीबार साँझ पक्राउ परेका उनीहरु’bout बिस्तृत बिबरण प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । साँझको समयमा भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजाच गर्दा लागुऔषधसहित पक्राउ गरिएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान ट्यावलेट बरामद गरिएको छ । यस्तै डाइलेक्स डिसि १०० एमएल चार बोतल पनि बरामद गरिएको डिएसपी काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई शुक्रबार लागुऔषध मुद्दा शिर्षक अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






