रौतहटमा ४३ हजार भन्दा बढी मतदाता थपिए


रौतहट । रौतहटमा पछिल्लो समय ४३ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गत साउन यता रौतहटमा ४३ हजार ५ सय ८० जना मतदाता थपिएका हुन् ।

मतदाता नामाबली संकलन बिषेश कार्यक्रम अन्र्तरगत १६ हजार ६ सय ६९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् । जसमा ८ हजार ७ सय ३२ पुरुष र ७ हजार ९ सय ३७ महिला रहेका छन् ।
यसैगरी जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,गौर,इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा गरी २६ हजार ८ सय ९४ जनाले फोटो सहितको मतदाता बनाएको प्रमुख दासले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा ९ हजार ५ सय ६४ जना,जिल्ला प्रशासन कार्यालयमा ४ हजार ८ सय ३४,इलाका प्रशासन कार्यालय गरुडामा ४ हजार ८ सय ७८ र इलाका प्रशासन कार्यालय चपुरमा ७ हजार ६ सय २१ जनाले नाम दर्ता गराएका छन । हाल सम्म रौतहटमा करिब ४ लाख १६ हजार भन्दा बढी मतदाता रहेको उनले जानकारी दिए ।

अहिले पनि जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,गौर,इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा फोटो सहितको मतदाता नामाबली दर्ता कार्य जारी रहेको प्रमुख दासले बताए ।

नयाँ नागरिकता बनाउनेहरु र नाम छुटेकाहरुको अहिले पनि भिड नै लाग्ने गरेको छ । पुस महिनामा पनि रौतहटमा करिब ४ हजार मतदाता बढन सक्ने प्रमुख दासको अनुमान छ । निर्वाचन घोषणा नहुन्जेल सम्म ति कार्यालयहरुमा फोटो सहितको मतदाता नामबली संकलनको कार्य जारी रहने निर्वाचन आयोगले जनाउदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो