हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा