ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ । सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा। रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए । उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे ।

डा। आचार्यका अनुसार अहिले विश्वव्यापी रूपमा तयार भएका कोरोनाविरुद्धका भ्याक्सिन अल्फा, डेल्टा भेरियन्टलाई लक्षित गरेर बनाएकाले अहिले लगाइएका भ्याक्सिनले ओमिक्रोनलाई रोक्न नसक्ने पाइएको छ । ‘विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ, जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो,’ वरिष्ट भाइरोलोजिस्ट डा। आचार्यले राजधानीसँग भने ।

डा। आचार्यका अनुसार यसअघि डेल्टाको संक्रमण भएर सञ्चो भएका र भ्याक्सिन लगाएकाहरूमा समेत ओमिक्रोनको संक्रमण हुने क्रम बढ्दो छ । त्यसैले पनि अन्य भेरियन्टभन्दा ओमिक्रोन भेरियन्टको संक्रमण दर अत्यधिक देखिएको डा। आचार्यको भनाइ छ ।

चिकित्सकका अनुसार ओमिक्रोनले सुगर र प्रेसरका बिरामीलाई छिटो आक्रमण गर्ने गरेको छ भने दमका बिरामीलाई झनै गम्भीर बनाइदिने गरेको छ । तर, यसमा ज्वरो आउने क्रम भने धेरै कम देखिएकाले न्युमोनिया नहुने र मृत्युदर पनि कम देखिएको छ ।

डा। आचार्यका अनुसार अहिले डेनमार्क, फिनल्यान्ड, नर्वेलगायतका मुलुकमा परीक्षण गरिएकामध्ये ६६ प्रतिशतमा ओमिक्रोन देखिएको र अमेरिका तथा बेलायतमा पनि यो संक्रमण फैलने क्रम अत्यधिक बढिरहेको छ । हाल विश्वको १ सय ३ देशमा ओमिक्रोन फैलिएको छ ।

तयारी नभएकाले थप समस्या आउन सक्ने
भाइरोलोजिस्ट डा आचार्यका अनुसार ओमिक्रोन फैलने क्रम अत्यधिक भए पनि त्यसलाई रोक्न सरकारले आवश्यकताअनुसार तयारी गर्न सकेको छैन । पहिलो र दोस्रो खोप लगाएकाहरूको अवधि सकिइसके पनि उनीहरूलाई बुस्टर खोप लगाउनेतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

अक्सिजन आपूर्तिको सहज व्यवस्थापनमा पनि सरकारले ध्यान दिएको छैन भने भेन्टिलेटरको थप व्यवस्थापनमा पनि सरकारले उदासीनता देखाउँदै आइरहेको डा। आचार्यको भनाइ छ । तीनवटा सरकारबीच उचित समन्वयसमेत देखिन सकेको छैन । सीमानाकामा कडाइ नगरिँदा पनि समस्या बढिरहेको छ ।

चिकित्सकले पीसीआर टेस्टको संख्या वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । अहिले सरकारले दैनिक १० हजार मात्रै पीसीआर टेस्ट गरिरहेकाले त्यो संख्या बढाएर दैनिक ५० हजार पु¥याउनुपर्ने सुझाव चिकित्सकको छ । कोरोनाविरुद्ध तीनवटै सरकारले एकीकृत रूपमा मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने सुझाव डा। आचार्यको छ ।

अस्पताल भरिभराउ, सिटामोलको अभाव
अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमणका बिरामीले सबै अस्पतालका बेड भरिएका छन् । बेड अभावमा बिरामीले थप सास्ती भोग्नुपरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी, संक्रमणदर बढेकाले कोरोना हुँदा खानुपर्ने सिटामोल तथा एमोक्सिलिन तथा ज्वरो नाप्ने थर्मोमिटरलगायतका साधनको समेत अभाव देखिन थालेको छ ।

यस्ता छन् लक्षण
– सुख्खा खोकी वा खकारसहितको खोकी लागिरहने
– नाकबाट धेरै पानी बग्ने
– घाँटी दुख्ने वा खसखस हुने
– शरीर अत्यधिक दुख्ने
– टाउको गहुँगो हुने र दुृख्ने
– ज्वरो कसैलाई बढी र कसैलाई ठिक्क आउने

तपाइको प्रतिक्रिया
(Visited 829 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ