सिरहामा २७४ माेटरसाईकल र ६ जना प्रहरी नियन्त्रणमा

सिरहा । हाेली पर्वकाे दिन सिरहा जिल्लामा नियम उलङ्घन गर्ने २७४ माेटरसाईकलसहित ६ जना प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार हाेलीका दिन नियम उलङ्घन गरि माेटरसाईकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरेर हाेहल्ला गर्ने , जवरजस्ती रंग दल्ने, महिला माथी दुर्ब्याबहार गर्नेहरुलाई नियन्त्रनमा लिएकाे हाे ।

प्रहरीले सम्झाउने र सचेत गराउने काम गर्दा पनि अटेर गरि नियम उलङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएकाे एसपी चतुर्बेदीले बताए । नियन्त्रणमा परेकाहरुलाई अनुसन्धान गरि सामान्य अबस्थाकालाई छाडिने र गल्ती गरेकालाई गल्ती अनुसारकाे कारवाहि हुने चतुर्बेदीले बताए ।

हाेलीमा भिडभाड नगर्न, हाेहल्ला नगर्न, अस्वभाविकढंगले हाेली खेल्न गरेकाे निषेधलाई भने सर्वसाधारणले पालना गरेकाे उहाले बताउनुभयाे । सिरहामा दुई, चार जना हुँदै भिड हुन लागेकाे अबस्थामा प्रहरीले सम्झाउने र भिडलाई हटाउने काम प्रहरीले गरेकाे थियाे ।

घर वा हाेटलमै पनि ठूलाे अावाजमा डिजे बजाउने र नाच्ने कामलाई पनि सम्झाई बुझाई बन्द गरिएकाे एसपी चतुर्बेदीले बताउनुभयाे । समग्रमा हाेली पर्व भने सभ्यरुपले सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएकाे छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार काेरना भाईरसकाे सम्भावित संक्रमणप्रति सावधानि अपनाउदै सामान्यरुपमा हाेली खेल्ने र शुभकामना अादान प्रदान गर्ने काम सभ्यरुपमा भयाे ।

बाहिर बजारमा धुमधामका साथ नाचगान र विशेष कार्यक्रम गर्दै मनाइने हाेली यश वर्ष सामान्यरुपले मनाइएकाे हाे । सर्वसाधारणले घरघरमा पर्व मनाए । मधेसी समुदायकाे विशेष हाेलीपर्वलाई घरघरमै मनाए ।

 साना हातहथियारलाई तह लगाउदै सिरहा प्रहरी ;कटुवा पेस्तोलसहित साह पक्राउ आलोक यादव सिरहा । कटुवा पेस्तोलसहित एक युवक आज पक्राउ परेका छन् । सिरहाको सिराहा नगरपालिका वडा नम्बर -२१ लगडिगोठस्थित प्रहरी चौकी लगडिगोठबाट खटेको गस्ती टोलीले साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका -२१ मल्हनिया बस्ने २२ वर्षीय प्रदीपकुमार साह छन् । साहलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको एसपी चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी