राष्ट्रिय सभा सदस्य निर्वाचनः कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धन विजयी हुने निश्चित

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३ सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशमा साझा उम्मेदवार दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । कर्णाली प्रदेशमा प्रतिपक्षी एमाले र राप्रपाका एक सांसद मिल्दा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन ।

कर्णाली प्रदेशमा दलहरूको मतभार

माओवादीः १५१२

एमालेः १४३४

कांग्रेसः १००८

एकीकृत समाजवादीः ३७८

राप्रपाः ४८

सत्तारूढ गठबन्धनः २८९८

सत्ताइतरः १४८२

एमाले र राप्रपाका एक सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । कर्णाली प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरुङ र प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा (महत)ले उम्मेदवारी दर्ता गराएका छन् ।

अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अन्य समूह तर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

कसको मतभार कति ?
कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ५० जना रहेका छन् । यिनीहरूले नै राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार ३ सय ८० रहेको छ ।

प्रदेश सभाका सदस्यको १ हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार २ हजार ७ सय रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार १ हजार ५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ ।

जसको मतभार १ हजार ८ हुन्छ । एकीकृत समाजवादीको कर्णाली प्रदेशमा ३ जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ । एकीकृत समाजवादीको मतभार ३ सय ७८ हुन्छ । सत्तारूढ गठबन्धनमा रहेको जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ । प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसदको संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ रहेको छ । यसका आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ । यस्तै राप्रपाको सांसद संख्या १ रहेको छ ।

जसको मतभार ४८ हुन्छ । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार २ हजार ८ सय ९८ हुन्छ । सत्तारूढ दलबाहेकका एमाले र राप्रपाका एक सांसदबीच गठबन्धन गर्दा उनीहरूको मतभार १ हजार ४ सय ८२ मात्रै हुन्छ । राप्रपाको एक सांसदले समेत एमालेलाई समर्थन गर्दा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू पराजित हुन सक्दैनन् । अरू प्रदेश जस्तै कर्णाली प्रदेशमा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी