प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण

फाइल तस्विर


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् ।

कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ ।

केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।

सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 506 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार