सदस्य सचिव र लियोनादोबीच भेटघाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्वकमेन्टेटर एन्ड्रयु लियोनादोबीच राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ । बुधबार त्रिपुरेश्वरस्थित राखेपमा उनीहरूबीच नेपालमा क्रिकेटको विकासका विषयमा छलफल भएको थियो । लियानादो नेपाली क्रिकेट दर्शकबाट आफू प्रभावित भएको बताएका थिए ।

सो अवसरमा सदस्य सचिव सिलवालले उनलाई पुर्ननिर्माण गरिएको दशरथ रंगशालाको अवलोकन समेत गराएका थिए । सदस्य सचिव भूकम्पका कारण नेपालका खेलकुद भौतिक पूर्वाधारमा ठूलो क्षति भएको र पुनर्निर्माण भइरहेको बताएका थिए । सो दशरथ रंगशालामा केही समयअघि मात्र नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । सदस्य सचिवले आफ्नो भिजनको विषयमा समेत उनीसँग छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती