काठमाडौं । नेपाली चलचित्रवृत्तकी महँगी नायिकाको उपाधि पाएकी साम्राज्ञी राज्यलक्ष्मी शाह राणा युट्युबरप्रति सकारात्मक छैनन् । युट्युबरले नेपाली कलाकारको धज्जी उडाएको भनेकी साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेकी थिइन् ‘यदि हामीलाई युट्युबमा अन्तर्वार्ताका लागि बोलाउने हो भने, पारिश्रमिक दिनुपर्छ ।’
यिनै नायिकाले तीन दिनअघिबाट आफ्नो नाममा नयाँ युट्युब च्यानल सुरु गरेकी छन् । ‘यसआरएलएस’ च्यानल खोलेकी साम्राज्ञीले एउटा भ्लगसमेत पेस गरेकी छन् ।
उनले आफ्नो च्यानलमा आफ्नो सपिङदेखि प्रियंका कार्की र आयुस्मान देशराज जोशीको अन्तरवार्तासमेत राखेकी छन् । उनले अब आफ्नो र समाज’bout नयाँ नयाँ खबर लिएर आउने बताएकी छन् ।
श्रीमानलाई भिडियो सम्पादन गराउँछन् नायिका
आजको मितिलाई मान्ने हो भने युट्युब च्यानल सञ्चालन गर्ने साम्राज्ञी कान्छी नायिका हुन् । अन्य कतिपय नायिकाहरूले अभिनयसँगै युट्युब च्यानललाई पनि जीविकोपार्जनको मेसो बनाएका छन् ।
नायिका वर्षा राउतले आफ्ना श्रीमान्सँग मिलेर युट्युब च्यानल चलाएको दुई वर्ष भयो । संजोग कोइरालासँग विवाह भएपछि उनले युट्युब च्यालन सुरु गरेकी थिइन् । यी दम्पतीले दुई जनाको नामबाट च्यानलको नाम ‘सन्सा’ राखेका छन् । यी जोडीको युट्युब च्यालनको २ लाख ३४ हजार सस्क्राइब पुगिसकेको छ ।
वर्षाले आफ्ना च्यानलमार्फत निजी कुुरादेखि चलचित्रको छायांकनसम्बन्धी गतिविधिसमेत प्रस्तुत गर्ने गरेकी छन् । श्रीमान् संजोगसँग देशविदेशको रमाइलो यात्रा पनि उनीहरूले च्यानलमा राख्ने गरेका छन् । कतिपय सन्देशमूलक विषयवस्तुलाई पनि समेटेर च्यानलमा राख्ने गरेको उनले बताइन्, ‘हाम्रा प्रशंसक एवं दर्शकहरूलाई हाम्रा ’boutमा अझ धेरै कुरा जान्न सहयोग पुगोस् भनेर हामीले यो च्यानल सञ्चालनमा ल्याएका हौं,’ राजधानीसँग कुरा गर्दै वर्षाले भनिन्, ‘च्यानलबाट बेलाबेलामा थोर बहुत आम्दानी पनि हुने गरेको छ ।’ च्यानल खोलेपछि आपूmहरूका कतिपय कुरा यो च्यानलबाट राख्न र दर्शकलाई स्पष्ट पार्न पनि सजिलो भएको उनले बताइन् । आपूmसँग एउटा गोप्रो (क्यामेरा) भएकाले यात्रामा हुँदा गोप्रोबाट तथा अरूबेला मोबाइल र क्यामेराबाट सुटिङ गर्ने गरेको जानकारी दिइन् । खिचेका दृश्यको सम्पादन प्रायः संजोगले गर्ने जानकारी उनले दिइन् ।
प्रियंका कार्कीले पनि युट्युब च्यालन सञ्चालन गरेको दुई वर्ष नाघिसकेको छ । आयुष्मान देशराज जोशीसँग विवाह गरेपछि यी दम्पतीले युट्युब च्यालनलाई निकै महत्वका साथ अघि बढाएका छन् । ‘प्रियंका कार्की’ नामबाट सञ्चालन गरिएको यो च्यानलको यतिबेला ४ लाख २ हजार सस्क्राइब रहेको छ ।
च्यानलबाट उनले निजीदेखि अरू कलाकारको कुराकानी पनि प्रस्तुत गर्दै आएकी छन् । बेलाबेलामा प्रियंकाले निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मासहित विभिन्न नायिकाको अन्तरवार्तासमेत लिएर आफ्नो च्यानलमार्फत प्रसारण गर्दै आएकी छन् । घरमा खाना बनाउँदै गरेको ‘रेसिपी’सहितको दृश्य, श्रीमान् श्रीमतीको घुमघामदेखि आफ्ना निजी कुरा प्रियंकाले आफ्नो च्यानलबाट प्रस्तुत गर्दै आएकी छन् ।
पछिल्लो समय छोरी आयंका जन्मिएपछि आफ्नो च्यानलबाट छोरीको समेत गतिविधि प्रस्तुत गर्दै आएकी प्रियंकाको भनाइमा यो च्यानलबाट आपूmहरूको दिनचर्या र हालखबर’bout दर्शकलाई जानकारी दिन सजिलो भएको छ । प्रियंकाको भनाइमा उनका श्रीमान् आयुष्मान दृश्य खिच्न, सम्पादन गरेर युट्युबमा लोड गर्नसमेत सिपालु छन् । सोही कारण पनि फुर्सदको समयलाई उनीहरूले युट्युब च्यानल सञ्चालनमा खर्चेका छन् । यसबाट कमाइ पनि हुने गरेको यी दम्पतीको कथन छ ।
केकी अधिकारीले आफ्नो युट्युब च्यानल सञ्चालन गरेको एक वर्ष नाघिसकेको छ । युट्युब च्यानल भएपछि केकीलाई पनि आफ्ना कुरा च्यालनमार्फत दर्शकमाझ पु¥याउन धेरै सजिलो भएको छ । उनले ‘केकी अधिकारी’ अफिसियल च्यानलको नाममा युट्युब सञ्चालन गरेकी छन् । आपूmहरू पनि युट्युबर भएको उनी सहजै स्विकार्छिन् ।
यसलाई भ्लगका रूपमा प्रस्तुत गर्दै आएकी केकीको च्यानलमा पनि विभिन्न यात्रा, निजी तथा पारिवारिक जमघट, भेटघाट, विभिन्न अनुभव प्रस्तुत गर्ने गरेकी छन् । आपूmलाई मनमा लागेका विभिन्न विषय’bout यो च्यानलबाट विचार पनि राख्दै आएको यी केकीले बताएकी छन् । यो च्यानलबाट सन्देश दिन पनि त्यत्तिकै सजिलो भएको केकीले बताएकी छन् ।
ऋचा शर्माले युट्युब च्यानल तीन वर्षअघि नै खोलेकी हुन् । आफ्नो नामबाट उनले च्यानल सञ्चालन गर्दै आएकी छन् । उनी पछिल्लो डेढ वर्षबाट यु्ट्युब सञ्चालनमा व्यस्त छिन् । विवाहपछि उनले च्यानललाई सक्रिय बनाएकी हुन् । उनी खाना बनाउन निकै सौखिन छिन् ।
ऋचाले सासुसँग मिलेर विभिन्न परिकार बनाएको खानाको रेसिपीसहितको दृश्य आफ्नो च्यानलमा प्रस्तुत गर्दै आएकी छन् । गर्भवती अवस्थामा आपूmलाई कसरी स्वस्थ राख्नेदेखि जन्मिएपछि कसरी बच्चा हुर्काउनेजस्ता सन्देशमूलक भिडियो पनि उनले आफ्नो च्यानलमा राख्दै आएकी छन् । अभिनेत्री ऋचाको भनाइमा युट्युब च्यानल सञ्चालनमा ल्याएपछि उनलाई पनि आफ्ना कुरा दर्शकमाझ पु¥याउन सजिलो भएको छ ।






