Friday, June 18, 2021
Home बिचार दाइजो सामाजिक कलंक

दाइजो सामाजिक कलंक

,

हाम्रो समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप लिँदै आइरहेको छ । विवाहमा केटी पक्षले भने अनुसारको दाइजो नदिँदा केटा पक्षले अन्तिम समयमा आएर विवाह नै रोकेका दुखद घटना पनि सार्वजनिक हुने गरेका छन् । धनुषाको नगराइन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ वर्षीय छोरी पूजा सदाले त्यस्तै दुर्भाग्यपूर्ण अवस्था भोग्नुपरेको छ । उनको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग तय गरिएको थियो । सोअनुसार विवाहको सबै तयारी पूरा भए पनि अन्तिम समयमा आएर केटी पक्षले उपहारस्वरूप मोटरसाइकल दिन नसक्ने बताएपछि केटा पक्षले विवाह नै रद्द गरेको छ । यस्तो रवैया २१आंै शताब्दीको मानवताविरुद्धको गम्भीर अपराध हो । विवाहको सबै तयारी पूरा भएपछि आफ्नो स्वार्थसिद्ध गर्नका लागि दाइजो नपाएको झोकमा विवाह रद्द गर्ने त्यो परिवारको कृत्य जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ । यसले पीडित पक्षलाई कस्तो असर परेको होला सहजै अनुमान गर्न सकिन्छ । उनीहरूमा पारेको मनोवैज्ञानिक र सामाजिक असरको क्षतिपूर्ति केटा पक्षलाई भराउनुपर्छ ।
नेपाली समाजमा दाइजो प्रथा नयाँ भने होइन । यो त धेरै पहिला त्रेता युगमा भारतको अयोध्याका राजा जनकले आफ्नो ज्वार्इं र सम्धीलाई स्वेच्छाले खुसीको दाइजोको नाममा सुन, चाँदी, गहना, राजपाट, महल, हात्ती, घोडा पैसा आदि प्रदान गरेका थिए । त्यतिबेलादेखि नै विवाहका समयमा केटी पक्षले केटा पक्षलाई दाइजो दिने परिपाटीको विकास हँुदै आएको हो । त्यतिबेला दाइजो स्वेच्छाले प्रदान गरिन्थ्यो । कसैलाई पनि कुनै प्रकारको करकाप थिएन । त्यसैले गर्दा कुनै प्रकारको मनोवैज्ञानिक हिंसा तथा सामाजिक अपराध हुने अवस्था नै आउँदैनथ्यो ।
तर, हिजो आज नेपाली समाजमा त्यही दाइजो प्रथाले चरम विकृति र अपराधको रूप लिँदै आएको छ । यतिसम्मकी दाइजो नपाएको झोकमा आफ्नै श्रीमतीको हत्या गरिदिने, तेजाव छर्केर कुरूप बनाइदिने लगायतका सामाजिक अपराधका घटना दिनानुदिन बढिरहेका छन् ।
पैसा र धनलाई सर्वेसर्वा ठान्ने गलत सोचका कारण पनि दाइजो प्रथाले थप प्रश्रय पाउँदै आएको छ । सरकारले सामाजिक विकृति र विसंगति रोक्नका लागि विभिन्न नीतिगत र संरचनागत व्यवस्था गरे पनि समाजमा दाइजो प्रथा रोकिनुको साटो झनै बढ्दै गइरहेको छ । यसले सरकारी प्रयास औपचारिकतामा मात्रै सीमित भइरहेको पुष्टि गरेको छ । त्यसैले अब संघीय, प्रादेशिक र स्थानीय सरकारले सामाजिक विकृति रोक्नका लागि बनाएका नीति योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । दाइजो प्रथा रोक्नका लागि सामाजिक रूपमा नै जागरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । दाइजो प्रथालाई पूर्णरूपमा निरुत्साहित गर्न सामाजिक अभियान छेडिनुपर्छ । त्यसको अगुवाइ सरकारी स्तरबाटै हुनुपर्छ भने नागरिक समाजको सहयोग र साथ अपरिहार्य रहनुपर्छ । अतः सामाजिक कलंकका रूपमा रहेको दाइजो प्रथा रोक्न सबै जना होस्टेमा हैसे गरेर लाग्नु अहिलेको अहं आवश्यकता हो ।

(Visited 201 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

‘क्रिस, क्रिस आइ लभ यु !’

सेन्ट टिर्सवर्ग । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गोल गरेपछि आफ्नो गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित...

ट्रेन्डिङ

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमित एकजना व्यक्ति पनि नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ । कोरोना भाइरस संकमणका कारण...

एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

काठमाडौं । मानिसहरूमा नयाँनयाँ काम गरेर विश्व कीर्तिमान कायम गर्ने प्यास हुन्छ । यस्तै विश्व कीर्तिमानीको प्यास मेट्ने क्रममा नेपालका गीतकार डा. डीआर (धर्मराज)...

एमसीसीको अनावश्यक विरोध

लक्ष्मीविलास कोइराला संयुक्तराज्य अमेरिका सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिब ५५...

खाद्यान्न आयातमा बाहिरियो सवा खर्ब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्ष पूरा हुँदा प्रतिनिधिसभामा गरेको सम्बोधनमा मुलुकमा खाद्यान्न उत्पादन...

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

नेकपाको स्थायी कमिटी बैठक सकियो, ५ गते ओली प्रचण्डविच सहमति हुने

  काठमाडौं । बालुवाटरमा बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । ५ पुसमा पुनः बस्ने गरी बैठक सकिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र...

राजस्थानविरुद्ध कोलकाताको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले सजिलो जित निकालेको छ । राजसंस्था ३७ रनले पराजित...

खतिवडा पुनः अर्थमन्त्री नियुक्त, आज ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर जानुअघि प्रधानमन्त्री ओलीले...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

काठमाडौँ । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)