बिरामी नेताको अविरल यात्रा

अभि गनिमत है सव्र मेरा, अभि लवालव भरा नहीँ हुँ …
वो मुझको मुर्दा समझ रहा है , उसे कहो, मैं मरा नहीँ हु ..
– डा. राहत इन्दौरी, हिन्दुस्तान

दरिलो उद्देश्य, स्पष्ट दृष्टिकोण र उच्च मनोबल भएका मानिसका लागि स्वास्थ्य समस्या मामुली हुँदो रहेछ । मृत्युले धम्क्याउँदैमा वा जीवनको यात्रामा स्वास्थ्यको अवरोध आए पनि नडराई यात्रा जारी राख्न यस्ता मान्छे सक्षम हुँदा रहेछन् । जुन परिस्थितिलाई मध्यनजर गरी इन्दोरीले सो गजल सिर्जना गरेको भए पनि मृत्युदेखि नडराई अविरल यात्रामा निस्केका हाम्रा विगत र वर्तमानका सबै नेतामा पनि यो गजल लागू हुन्छ ।

२०१७ सालमा प्रथम निर्वाचित सरकारलाई विघटन गरेर आफैंले प्रत्यक्ष शासन सञ्चालन गर्दा स्व. महेन्द्रलाई रोमाञ्चित हुने परिस्थिति थिएन । अन्तर्राष्ट्रिय दबाब र घरेलु असन्तुष्टिबाट सिर्जित तनाव भूमिसुधार गर्न खटाइएका कर्मचारीले भुँडी सुधार गरिरहेको अवस्थाको अवगत सुरुमा ज्यादै प्रभावकारी देखिएको विकासका लागि राजनीति अभियान पनि विस्तारै प्रभावहीन हुने भएको थियो । जनकपुर बम विस्फोट केही प्रधानमन्त्री र मन्त्रीसमेत काण्डमा मुर्छिन थालेका सुस्ता–महेशपुर–सिक्किमको सन्दर्भले व्यापक जनचासो तथा जनदबाब बढेको हरेक विषयमा भारतको सहमति खोज्नुपर्ने, करलगायतका मुद्दाले स्वास्थ्यमा असर पु¥याएको थिएन भनेर कसैले ठोकुवा गर्न सक्दैन । तथापि चितवनको दियालो बंगलामा आफ्नो इहलिला समाप्त नहुन्जेलसम्म ‘म मरे पनि मेरो देश बाँचिरहोस् ।’ कोही धनी असाध्य कोही गरिब माग्ने सक्तिनँ देख्न ..सन्तान थरिथरिका’ भन्दै निरन्तर सक्रिय भए ।

गम्भीर रोगले गाँजेका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई चिकित्सकले धेरै बोल्न मनाही गरे पनि ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा सबै एकमत भएर लागौं । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको हो’ भन्ने उद्घोषका साथ मेची महाकाली दौडिए ।

हेलिकोप्टर दुर्घटनामा परेर पनि प्रथम साम्यवादी प्रधानमन्त्री मनमोहन अधिकारीको सक्रियताको वाहवाह सर्वत्र थियो । जनताको नजरबाट आफू खस्ने पो हुँ कि भन्ने चिन्ताले ‘खाली दिमाग सैतानको घर’ भन्दै उनी हमेसा जनताबीच रहन रुचाउँथे । त्रिविवि शिक्षण अस्पतालमा गम्भीर अवस्थामा हुँदा समेत ‘आफूलाई जनताले एउटा असल मानिस थियो भनेर सम्झिदिए पुग्छ’ भन्ने चाहना राखेका स्व. मनमोहन अधिकारीको सक्रिय जीवनलाई सम्झँदा जनता अझै भावविह्वल हुन्छन् ।
लौह पुरुष सर्वोच्च नेता गणेशमान सिंह र सधैं रमाइलो नेता किशुनजीले आफ्नै दलको आन्तरिक अन्तरविरोधले सिर्जित चिन्ता, तनाव र पिडालाई पचाउन नसकेर गले । अझै केही गर्नु छ भन्ने उनका चाहना अधुरै रहे ।

अस्वास्थताको बाबजुद नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याएर अन्तरिम संविधान जारी गर्दै नेपाललाई गणतन्त्र घोषणालगायत प्रथम संविधान सभाको निर्वाचनसमेत सम्पन्न गराउने भूमिका निर्वाह गर्न गिरिजाप्रसाद कोइरालाको सक्रियता चानचुन थिएन । सभापतिको अधिकार कटौती भएपछि मानसिक चिन्ताले शरीर केही खस्किए पनि ‘देशको ’boutमा निर्णय गर्नुपर्दा देशको माटो छोएर मात्र निर्णय गर्नु भनेर बीपीले सम्झाउनुभएको थियो’ भन्ने कुराको स्मरण गर्दै कसैसँग नडराई अहोरात्र जोश र जाँगरका साथ क्रियाशील भए ।

एकातिर आफ्नो दलको कार्यक्रम र राजनीतिक उद्देश्य पूरा नभएको चिन्ता र अर्कोतिर परिवारिक अवस्थाले सिर्जित तनाव र चिन्ताका कारण अस्वस्थ भए पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अस्तव्यस्थलाई भरिसक्य दबाएरै राखेको चर्चा चल्ने गरेको छ । दलको तोकिएको जिम्मेवारी पूरा गर्न आफ्नो लगनशील र सक्रियतालाई ओझेलमा पर्न दिनु भएका छैनन् । ‘जिब्रोको गरिमा मिठो बोलीमा’ भनेर कार्यकर्तालाई सम्झाउने पूर्वप्रधानमन्त्री सुशील कोइरालाले अस्वस्थ भएर पनि नेपालको संविधान जारी गर्न खेलेको भूमिकालाई नेपालको राजनीतिक इतिहासले अवश्य बिर्सने छैन ।

अस्वस्थ्यताको बाबजुद ‘ढुक्क हुनुहोस्, वामपन्थीहरूको सरकार बन्यो भने तपाईहरूले पछुताउनुपर्नेछैन, हाम्रा सन्ततिले रुनुपर्ने छैन । मुलुकले अवश्य काँचुली फेर्नेछ । तपाई हाम्रो शिर गर्वले ठडिनेछ’ भन्ने चुनावी बाचासहित निर्वाचनमा होम्मिँदै प्रचण्ड बहुमत प्राप्त गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता त झन् चर्चा योग्य नै छ । ‘जसरी खेलको बीचमा राम्रा खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न’ भन्ने भिडियो सन्देश दिएर यही फागुन १९ गते त्रिविवि शिक्षण अस्पालमा भर्ना भई २१ गते मिर्गौलाको सफल प्रत्यारोपणपछि उनको स्वास्थ्यमा अपेक्षित सुधार आइरहेको छ ।

स्वास्थ्य लाभको कामना गर्दै कतै मैनबत्ती बाल्ने काम, कतै विशेष पूजा गरिएका छन् । देश विदेशबाट शुभकामनाका सन्देश प्राप्त भएका छन् । प्रमले नेपालमा उपचार गराएकाले नेपाली चिकित्सकको कद मात्र बढेन बरु अझ बढी जनसम्मानित हुने अवसर पनि प्राप्त भएको छ । चिकित्सा क्षेत्रमा सुधार हुने बढी अपेक्षासमेत गरिएको छ । कुनै समय रायन–निनु–रामेश–मञ्जुलले गाउने ‘मरिएछ भने मरौंला बरु आमाको काखैमा’ भन्ने गीत शिक्षण अस्पालमा जम्मा भएका शुभ चिन्तकले नेता ओलीको सम्मानमा अचेल गाउन पनि थालेका छन् ।

अस्पताल भर्ना अघिका उनका व्यक्त विचारलाई मनन गर्दा अस्पतालबाट डिस्चार्ज भएपछि अझ बढी सक्रिय हुने उनको चाहना पूरा होस् । व्याप्त नकारात्मक सोच र बढ्दो जननिराशाको अन्त्य गरून् । असंलग्न, स्वाधीन, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अनुसरणले मित्रराष्ट्र वाहवाह गर्न बाध्य होऊन् । नागरिक समाजका असन्तुष्ट, प्रतिपक्षलगायत सबै राजनीतिक र वैकल्पिक शक्ति हौं भन्नेसम्मकालाई मिलाउँदै देशका समस्या समाधानमा अबका दिनमा अघि बढ्ने कामना गरौं । निणर्य गर्ने भ्रममा सहयोगी हुने भएकाले महत्वपूर्ण मुद्दा’boutमा गोलमेच वा सर्वपक्षीय विमर्श गर्दै टेन्सन, तनाव न्यूनीकरण गर्नतिर लागौं ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि