अम्बर तुलाचनको निधन

पोखरा । थकाली सेवा समितिका पूर्व अध्यक्ष एवं जनजाति महासंघका योद्धा अम्बर तुलाचनको शनिबार निधन भएको छ ।

पोखरास्थित आफ्नै निवासमा उनको शनिबार बिहान ७६ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।
तुलाचनले लायन्स क्लब पोखराको पूर्व अध्यक्ष, नेपाल रेडक्रस कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व सहसचिव, क्षेत्रीय खेलकुद विकास समितिको पूर्व सदस्य र क्षयरोग निवारण संघको पूर्व सदस्य भइ सामाजिक सेवा पु-याएका थिए ।

हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका उनी साहित्य, संगीत, खेलकुदलगायत सामाजिक कार्यमा विशेष रुचि राख्थे । तुलाचनले विभिन्न संघसंस्थामा आवद्ध रहेर योगदान पु¥याएका थिए । उनले तुलाचन होजियारी उद्योग, अम्बर मार्केटिङ, अम्बर फेन्सी सञ्चालन गरेका थिए । उनले पोखरा उद्योग वाणिज्य संघबाट २०६३ मा सर्वाेत्कृष्ट व्यावसायिक पुरस्कारसमेत प्राप्त गरेका थिए । उनका श्रीमती, १ छोरा, २ छोरी र नातिनातिना छन् ।

तपाइको प्रतिक्रिया
(Visited 639 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा