देश र जनताको सुन्दर भविष्यमा निरन्तर प्रहार

विषय प्रवेश
यो मुलुकको विकास, समृद्घि र सुन्दर भविष्यका लागि नेपाली जनताले सात दशक बढी संघर्ष गरे । राणाकाल, पञ्चायती व्यवस्था हँुदै संवैधानिक राजतन्त्रलगायतको राजनीतिक व्यवस्था नै देश विकासको बाधक हो, भनियो । १९९७ सालको शहीद प्रकरणदेखि २००७, २०३६, २०४६, २०५२ देखि २०६२ सम्मको जनविद्रोह पार गर्दै २०६२ । २०६३ सालसम्मका जनआन्दोलन एवं व्यवस्था परिवर्तन विकास, सुशासन र नेपालीहरूको सुन्दर भविष्यका लागि गरिएको थियो । जनताको सक्रिय आन्दोलनबाट राज्य व्यवस्था परिवर्तन भयो । देशमा विभिन्न सिद्घान्त र दर्शनका दलहरू निर्माण भए । विकास र सुशासनको पर्खाइमा रहेको नेपाली समाजले पालैपालो दलहरूलाई निर्वाचनमार्फत ठूलो दल बनाएर राज्यको बागडोरमा पुग्ने अवसर पनि दिए । परन्तु जुन जोगी आए पनि कानै चिरेका भनेझैं देशका राजनीति दल र नेतृत्वगण उस्तै देखिए । असक्षम साबित भए । यति मात्र होइन, नेपाल र नेपालीहरूको सुन्दर भविष्यमाथि ठूलो खेलबाड गरियो । देशका मूल आधारहरूमा निरन्तर प्रहार गरियो ।

सामाजिक सद्भाव र संस्कृतिमाथि प्रहार
सदियांैदेखि अनेकतामा एकताको नमुना भएर बसेको नेपाली समाजमा विशेष गरेर सर्वहाराको दल भन्नेहरूले विद्वेष फैलाउने काम गरेको संस्कृतिविद्हरूको कथन छ । आमजनताको अनुभव छ । राजनीतिक दलहरूले आप्.नो राजनीतिक स्पेस बनाउनका लागि समाजलाई विभिन्न जात, जाति, लिंग, वर्ग, क्षेत्र आदि इत्यादिका नाममा विभाजन गरे । हो, नेपाली समाजमा सामाजिक असमानता छन् । विभेद छन् । यी असमानता, विकृति एवं विसंतिहरूलाई शैक्षिक चेतना र आर्थिक समृद्घिको आधारमा हटाउनुपर्नेमा जातीय, क्षेत्रीय तथा अधिकारका उग्र नारा दिएर नेपालीहरूको सामाजिक सद्भाव र मेलमिलापमाथि प्रहार गर्ने काम भयो ।

असमानता, विकृति एवं विसंगतिहरूलाई शैक्षिक चेतना र आर्थिक समृद्घिको आधारमा हटाउने काम गरिएको छैन

अहिले देशलाई माया गर्ने नागरिकहरू राजनितिक दलहरूका क्रियाकलापसँग वाक्कदिक्क भएका छन् । देशका ठूला राजनीतिक दलहरू र यिनीहरूका शीर्ष स्थानमा रहेकाहरूले प्रजातन्त्रको ३१ वर्षको अवधिमा एकपछि अर्को गर्दै नेपाल र नेपालीहरूको भाग्य र भविष्यप्रति प्रत्यक्ष वा परोक्ष रूपमा खेलबाड गरी रहेका छन् । माओवादी पार्टीले २०५२ देखि २०६२ सम्म चलाएको विध्वंशकारी युद्धले देशको विकास र भौतिक संरचना मात्र ध्वस्त भएनन्, सामाजिक मूल्य, मान्यता, धर्म, संस्कृति, संस्कार, नैतिकता, सामाजिक सद्भावलगायतका क्षेत्रमा निर्मम प्रहार गर्ने काम भयो । यो अभ.ै जारी छ ।

शिक्षा क्षेत्रमा खेलबाड
आजका बालबालिकाहरू भोलिका नागरिक हुन् । हरेक क्षेत्रका मानवस्रोत हुन् । राजनीतिककर्मी, प्रशासक, शिक्षक, प्रध्यापक, लेखक, नीति निर्माता, डाक्टर, इन्जिनियर आदि इत्यादि । दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम शिक्षा हो । सक्षम एवं सचेत नागरिकहरू नै देश विकासका आधार हुन् । तर, शिक्षा क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेन । शिक्षा क्षेत्रमा व्यापक रूपमा राजनीतिकरण गरियो । यस क्षेत्रको विकास र गुणस्तरका मानकहरूप्रति राज्य उदासीन रह्यो । फलतः देशका शिक्षालय गुणस्तरीय, अब्बल, अनुसन्धानमूलक, रोजगारमैत्री हुन सकेनन् । आजका शिक्षालय कमजोर हुँदा यसको असर भोलिको नेपाल र नागरिकमा पर्छ । शिक्षामा इतिहास, वर्तमान र भविष्यको त्रिकोणात्मक सम्बन्ध हुन्छ भन्ने सामान्य मान्यतामा पनि राज्यले दृष्टिकोण पु¥याउन सकेन । आज देशको शिक्षा क्षेत्र लथालिंग भएको छ । भताभुंग भएको छ । राज्यले वर्तमान र भोलिको समाजको आवश्यकतालाई ध्यानमा राखेर शिक्षाको नीति निर्माण गर्नुपर्दैन ? योभन्दा नेपाल र नेपालीहरूको भाग्य र भविष्यमाथिको चोटिलो प्रहार के हुन सक्छ ?

युवा पुस्तामाथि मजाक
युवाशक्ति नै देश विकासका संवाहक हुन् । राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेकै युवावर्ग हो । युवाहरूको आँट, जोस, जाँगर र हिम्मतलाई उपयोग नगरेसम्म देशले विकास गर्न सक्दैन । नेपाल दक्षिण एसियाकै सबैभन्दा धेरै युवा जनशक्ति भएको देश हो । तथापि, यो युवाशक्तिलाई राज्यले रोजगारीको अवसर सिर्जना गर्न सकेन । फलतः लाखौंको संख्यामा युवाहरू वैदेसिक रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा जान बाध्य भए । आज देश विकासमा भूमिका खेल्न सक्ने युवापुँजी विश्वबजारमा श्रम बेच्न बाध्य छ । देशमा भएका युवाहरू पनि अवसरको अभावमा बरालिएका छन् । विदेशमा पसिना बगाएको पैसाले नेपाली समाजको अर्थ व्यवस्था धानिएको छ । रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ । त्यही रेमिटन्समा पनि अर्बाैंका घोटालाण् भइरहेका छन् । बेरोजगारी राजनीतिक कुशासनबाट सिर्जित समस्या हो । राज्यले युवापुस्तामा गरेको यो अत्याचार हो । युवाहरूको भविष्यमाथिको प्रहार हो । उनीहरूप्रति गरिएको मजाक हो । राज्यले युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था कहिले गर्ने ?

राजनीतिक खिचातानी
मुलुकमा आवश्यकताभन्दा बढी राजनीतिक दल छन् । कुनै पनि दलमा राजनीतिक सिद्घान्त, निष्ठा, संस्कार, लोकतान्त्रिक अभ्यास, दृष्टिकोण, विकासको रोडम्याप, पारदर्शिता, जिम्मेवारीबोध, कार्य क्षमताजस्ता गुणहरू छैनन् । जालझेलमा पोख्त यिनीहरू कालेकाले मिलेर खाऔं भालेका एजेन्डाहरूमा सहमति गर्छन् । स्वार्थ नमिलेमा झगडा गर्ने, टुट्ने, फुट्ने, जुट्ने, सरकार ढाल्ने, गठबन्धन बनाउने आदि इत्यादि जे पनि गर्छन् । देश विकासका र सुशासनका एजेन्डामा यिनीहरूले जहिले पनि बेइमानी गर्दै आएका छन् । अन्तरपार्टी द्वन्द्व, आलोचना, शत्रुवत् व्यवहार, समूहगत गुटबन्दीलगायतका दुष्कर्महरूका कारण कुनै पनि सरकार पूरा अवधि चल्न सकेको इतिहास छैन ।

राम्रा हाम्राभन्दा हाम्रा राम्रा भन्ने चिन्तन र अभ्यासले ‘राइट म्यान राइट प्लेस’ हुन सकिरहेको छैन

राजनीतिक खिचातानी र आप्mनो दुनो सोभ्याउने राजनीतिक चालबाजीबाट मुलुक बाहिर निष्कन सकेको छैन । राजनीतिक अन्योलता सिर्जनागरी धमिलो पानीमा माछा मार्न पल्लेकाहरू नै देशका शत्रु हुन् । विकासका बाधक हुन् । देशको सुन्दर भविष्य निर्माणका भाइरस हुन् । यिनीहरूले अहिलेको विभिन्न उमेर समूहका नागरिकलाई मात्र सताएका छैनन् । भावी पुस्तामाथि समेत प्रहार गरिरहेका छन् ।

संघीयताको आर्थिक भार
हाम्रो देशको सन्दर्भमा संघीयता नयाँ राजनीतिक प्रणाली हो । यो प्रणालीका जनताको चाहाना र देशको आवश्यकताका आधारमा नभई केही नेताहरूको लहडमा ल्याइएको राज्य व्यवस्था हो । अहिले संघीय, प्रान्तीय र स्थानीयगरी ७ सय ५३ वटा सरकार बनाइएको छ । गाउँगाउँमा सिंहदरबार भनिएको छ । यति सानो देशमा ८ सय ८४ जना त संसदहरू मात्र छन् । केन्द्रीय र प्रान्तीय गरी सयौंको संख्यामा मन्त्रीहरू झन्डावाला गाडीमा हुइँकिएका छन् । संघीय सरकार हुँदै प्रान्तीय र स्थानीय तहसम्म जोडिएको खर्च अर्बाैंको अंकमा छ । अनावश्यक आर्थिक भारले देश थिचिएको छ । समाजमा प्रान्तीय सरकारको कामकाज नभएको चर्को बहस छ । प्रान्तीय सरकारहरूका लागि लगानी गरेको रकम देश विकासमा लगाउनुपर्ने अर्थशास्त्रीहरूको भनाइ छ । अझै प्रान्तीय सरकारमा भाग पु¥याउन भन्दै मन्त्रालयहरू फुटाएर बाँडीचुँडी खाने काम भएको छ । यस्तो दृष्टिकोणविहीन राजनीतिक अभ्यास देश बनाउने मेसो होइन । उल्टो देशलाई आर्थिक रूपमा कंगाल बनाउने अभ्यास हो ।

विज्ञ एवं योग्य किनारामा
राजनीतिक दलहरूमा दूरदर्शिता र देश निर्माण गर्नसक्ने क्षमता र अठोट नभएको तीन दशक बितिसक्यो । गैरजिम्मेवार राजनीतिक गाईजात्राले नागरिकहरूमा निराशा र असन्तुष्टि चुलिएको छ । विश्वको राजनीतिक विकासक्रको अध्ययन गर्दा राज्यले देशका विज्ञ, विशेषज्ञ, प्रबुद्घवर्ग, विद्घत् समूह, नागरिक समाजलगायतका राय सल्लाह र विचारलाई आधार बनाएर उनीहरूको ज्ञान र सीपलाई देश विकासमा उपयोग गरेको पाइन्छ । तर, हाम्रो देशमा योग्यहरूलाई पाखा लगाइन्छ । राजनीतिक आस्था र नेताहरूका वरिपरि घुम्ने वा पैसाले पद किन्नेहरू नै मुख्य ठाउँहरू पुगेका छन् ।

राम्रा हाम्राभन्दा हाम्रा राम्रा भन्ने चिन्तन र अभ्यासले राइट म्यान राइट ल्पेस हुन सकेको छैन । यस्तो अदूदर्शी राजनीतिक अभ्यास नै समृद्ध नेपाल र सुन्दर भविष्यको बाधक हो । नेपालीहरूको भाग्य र भविष्यमाथिको प्रहार हो । यस सन्दर्भमा माथि उल्लेखितलगायतका समस्या समाधान गर्न सक्ने राजनेता मुलुकले कहिले पाउला ? देशको सुन्दर भविष्यमाथि प्रहार गर्ने अदूदर्शी, भ्रष्ट एवं मुलुक माराहरूबाट समाजले छुटकारा कहिले पाउला ? नेपाली समाज प्रतीक्षामा छ ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा