काठमाडौं । न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बेलाएको सोमबार न्यायपरिषद्को बैठक स्थगित भएको छ । परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
यसअघि आइतबार राणाले न्याय सेवा आयोगको बैठक बोलाएका थिए । सो बैठकमा कोही पनि उपस्थित नभएपछि प्रधानन्यायाधीश राणा एक्लै भएका थिए । उनले लगतै न्याय सेवा आयोग बैठक स्थगित गरेका थिए ।
जिल्ला न्यायाधीशहरूको परीक्षाको नतिजा सार्वजनिक गर्न आयोगको बैठक बोलाएका थिए । लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा नै प्रभावित भएको छ ।
न्याय सेवा आयोगमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधीवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।
यसअघि पुस ७ गते बोलाएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । त्यतिबेला लोकसेवा आयोगका अध्यक्ष उपत्यका बाहिर गएका थिए । कानुनमन्त्री बडु र महान्यायाधीशवक्ता खाती पनि बैठकमा नगएपछि बैठक स्थगित गर्नुपरेको थियो ।






