काठमाडौँ । राष्ट्रिय महिला आयोगमा ७ सय १३ वटा महिलाहिँसा विरुद्ध उजुरी परेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सो उजुरी परेका आयोग सचिव शैलजा रेग्मी भट्टाई जानकारी दिइन् । सचिव रेग्मी भट्टाईले सात प्रदेशबाट घरेलु हिँसा ६ सय ३४ वटा र महिला हिँसा ७९ वटा गरी ७ सय १३ वटा उजुरी परेका जानकारी दिइन् ।
सचिव रेग्मीले सबै भन्दा धेरै बागमती प्रदेशबाट उजुरी आएको बताइन् । उनका अनुसार बागमति प्रदेशबाट मात्र ६ सय १८ वटा उजुरी परेका छन् । जसमा ५ सय ५९ वटा घरेलु हिँसा रहेका छन् भने ५९ वटा महिला हिँसाका उजुरी रहेका छन् । यसैगरी प्रदेश २ बाट ३१ वटा उजुरी गरेका छन् ।
घरेलु हिँसाका २२ वटा र महिला हिँसाका ९ वटा उजुरी परेका छन् । यसैगरी गण्डकी प्रदेशबाट २३ वटा, प्रदेश १ बाट २२ वटा, लुम्बिनी प्रदेशबाट १० वटा, कर्णाली १० वटा, सुदुरपश्चिम ३ वटा, र सूदुरपश्चिमबाट ३ वटा महिला हिँसाका उजुरी परेका छन् । यसैगरी प्रदेश नखुलेका ३ वटा महिला हिँसाका उजुरी परेका छन् ।






