काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी, १६ जिल्लाको जिल्ला अधिवेशन र म्याद गुज्रिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकेपछि कांग्रेसले निर्वाचनसहित भ्रातृ तथा शुभेच्छुक संस्थाका विषयमा छलफल गर्न भन्दै आज बिहीबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
निर्वाचन तयारी र भ्रातृ संस्था’bout छलफल हुने
बैठकअघि बुधबार कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको थियो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा स्थानीय तह निर्वाचन, १६ जिल्लाको जिल्ला अधिवेशन र भ्रातृ संस्थालाई पूर्णता दिने’bout छलफल भएको जानकारी दिएका हुन् ।
‘निर्वाचनमा कसरी अघि बढ्ने भन्ने’boutमा कार्यसम्पादन समिति बैठकमा छलफल हुन्छ, रोकिएका जिल्ला अधिवेशन र भ्रातृ संस्थालाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल गर्ने गरी एजेन्डा तय भएको छ,’ बिहीबार बस्ने बैठकका एजेन्डा’bout प्रवक्ता महतले राजधानीसँग भने ।
बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग राय लिने छन् ।
यस्तै, नेविसंघ, तरुण दल, महिला संघलगायतका केही भ्रातृ संगठनका अध्यक्ष पार्टी केन्द्रीय समितिमा निर्वाचित भएका कारण उनीहरूको स्थानमा अन्य व्यक्तिलाई जिम्मेवारी दिने विषयमा पनि सभापति देउवाले बैठकमा छलफल गर्ने बताइएको छ ।