आर्मी पछ्याउँदै मछिन्द्र

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड रोमाञ्चक बनेको छ । लिगको दुई चरणको खेल बाँकी रहँदा उपाधिसँगै रेलिगेसनको होड पनि थप रोमाञ्चक बनेको हो । ११औं राउन्ड जारी रहँदा शीर्षस्थानमा विभागीय त्रिभुवन आर्मी क्लब (२६) र सानमिगेल मछिन्द्र क्लब (२५) बीच १ अंकको मात्रै फरक छ । १२औं चरणको खेलमा पनि दुवै टोलीले सफलता हसिल गरेको खण्डमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफाने गर्नेछ । आर्मीको २६ र मछिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ–मस्र्याङ्दी क्लबको १९ अंक छ ।

यस्तै, रेलिगेसन जोनमा रहेको सरस्वती (४) र एपीएफ (५) को पनि मात्रै एक अंकको अन्तर छ । सरस्वती र एपीएफभन्दा माथिका टोलीको पनि बढी अंक छैन । बिहीबार उपाधि होडका दुई क्लब आर्मी र मछिन्द्रले जित निकाल्दा रेलिगेसन जोनमा रहेका दुई टोली सरस्वती र एपीएफले हार बेहो¥यो । एपीएफले आर्मीसँग २–१ को हार भोग्दा सरस्वतीको मछिन्द्रसँग ६–१ को फराकिलो हार बेहो¥यो ।

सातदोबाटोस्थिन एन्फा कम्प्लेक्स पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने । सन्तोषले १७औं मिनेटमा गोल गर्दै आर्मीलाई अघि बढाएका थिए । सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए । कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु योगीले रोके पनि रिवाउन्डमा गोल गर्न सफल भएका थिए । तर, ३७औं मिनेटमा आशिष लामाको गोलबाट एपीएफले खेलमा बराबरी गरेको थियो । आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए । सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । गोलरक्षक राजु पेनाल्टी बक्सबाहिर ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । जसलाई सन्तोषले सदुपयोग गरे । सोही अग्रता जोगाउँदै आर्मीले महŒवपूर्ण जित निकाल्यो । दोस्रो हाफमा पनि आर्मीले एपीएफलाई दबाबमा राखे पनि थप गोल गर्न सकेन ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानले स्कोरिङमा समस्या अझै समस्या रहेको र एपीएफमाथिको जितसँगै उपाधिबाट दुई कदम टाढा रहेको बताए । एपीएफका प्रशिक्षक राजेन्द्र तामाले बलियो आर्मीसँग राम्रै खेल पस्के पनि स्कोरमा चुक्दा पराजित हुनुपरेको बताए । रेलिगेसनको डर रहेकाले बाँकी दुई खेल जित्नुको विकल्प नरहेको प्रशिक्षक तामाङले थपे ।

बिहीबारै उपाधि दाबेदार सानमिगेल मछिन्द्र क्लबले रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले सानदार जित निकाल्दै उपाधि यात्रालाई यथावतै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ, विशाल राई ‘ए’, एडिलाजा सोमिडे र आन्द्रेस नियाले गोल गरेका थिए । ४०औं मिनेटमा रन्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा विजय धिमालको लामो पासमा अफसाइड बिट ट्याप गर्दै दीपक राईले एकल प्रयासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा रन्जितको क्रस पासमा विशालले गोल गर्दै मछिन्द्रलाई खेलमा ३–० को अग्रता दिलाए । गोलरक्षक प्रदीप भण्डारीबाट बल खोस्दै गरेको क्रसमा विशालले क्लोज रेन्जबाट गोल गरेका थिए ।

७७औं मिनेटमा योगेश गुरुङको फ्लिक पासमा दीपकले व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले खेलमा ४–० को आरामदायी आग्रता बनायो । लगत्तै दीपक पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट पनि चुके । सरस्वतीका कप्तान राज शाहीले एडिलाजा सोमिडेलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा दीपकको प्रहार आकासियो । ८६औं काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा पु¥याए । पिटर सेगुनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा एडिलाजा सोमिडे गोल गर्दै मछिन्द्रलाई ५–१ ले अघि बढाए । त्यसपछि आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रको ६–१ को सानदार जित दिलाए । जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि सम्भावना अझै रहेको र आर्मीसँगको भन्दा पनि संकटासँगको खेल महŒवपूर्ण हुने बताएका छन् । उनले उपाधिमा आर्मीकै भर पर्नुपर्नेसमेत बताएका छन् । सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले टोलीमा रेलिगेसन दबाब अझै नरेहको र बाँकी २ खेलमा जित हात पारे रेलिगेसन बच्न सकिने थपे ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !