आज पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ । साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

तपाइको प्रतिक्रिया
(Visited 662 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे