‘लाइफ इन एलए’को नेपाल रिलिज तय

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’लाई अब नेपालमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा ९ वैशाखबाट रिलिज गरिने निर्माण पक्षले बताएको छ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नेपालमा प्रदर्शनको मिति घोषणा गरेको हो ।

यो चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, व्यास विस्सु, आकेशा विष्ट, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

व्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई व्यास विस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रूपमा छन् । अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।

सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको यो फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा