आगामी तीन महिना औसत मुद्रा स्फीतिदर ८ प्रतिशत रहने अनुनमान

काठमाडौं । आगामी तीन महिनाको लागि औसत मुद्रास्फीतिदर ८ प्रतिशत रहने अनुनमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस)को नतिजाले यस्तो देखाएको हो ।

यो अनुमान वर्तमान मुद्रास्फीतिदर १० प्रतिशतभन्दा कम हो । एक वर्ष अघि गरिएको सर्वेक्षणमा मुद्रास्फीतिदर १० प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार जुन अहिलेको दरसँग समान छ । आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास लक्षित सर्वेक्षण गत २१ देखि २७ पुससम्म देशका विभिन्न १७ वटा सहरमा अवस्थित बजार क्षेत्रमा गरिएको थियो । सो समयमा विभिन्न कुल ७ सय २० जनामा गरिएको सर्वेक्षणमा ९१ दशमलव ९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्यवृद्धि हुने अनुमान गरेका थिए । यसैगरी, ९७ दशमलब १ प्रतिशतले आगामी वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका थिए ।

सो सर्वेक्षणमा उल्लेख भएको प्रतिवेदनको नतिजाअनुसार आगामी तीन महिनामा मूल्य वृद्धि के कति हुने भनी गरिएको सर्वेक्षणमा दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुग्धजन्य पदार्थ, घीउ, तेल, पीय पदार्थ, सुर्ती जन्य पदार्थ, होटल, रेस्टुरेन्ट र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमा भन्दा कमी आएको छ । सर्वेक्षणमा प्राप्त तथ्यांकले तत्कालीन मूल्य स्थिर रहने संकेत गरेको छ ।

राष्ट्र बैंकद्वारा वार्षिक रूपमा मूल्यवृद्धि दर कतिले हुने भनी गरिएको सर्वेक्षणमा पनि दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुग्धजन्य पदार्थ, घीउ, तेल, पीय पदार्थ, सुर्तीजन्य पदार्थ, होटल, रेस्टुरेन्ट र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमाभन्दा कमी आएको छ । यस्तो अवस्थालाई नै आर्थिक मन्दी भन्ने गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता