काठमाडौं । चीनबाट फैलिएकोे कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन
दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण समेत गराए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईसहित मुख्यसचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीसहितको सहभागिता थियो ।
शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने नागरिकलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिए ।