काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका चार दलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै पारित नगर्ने अडानमा उभिएका छन् । साथै जबरजस्ती पारित गर्न खोजिए सरकार समेत छोडने निष्कर्षमा चार दल पुगेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताका सर्त संशोधन नगरी यथास्थितिमै पारित नगर्ने अडानमा रहेका छन् ।
तर, पाँच दलीय गठबन्धनमै रहेको प्रमुख दल नेपाली कांग्रेसले जसरी भए पनि एमसीसी सम्झौता पारित गर्नुपर्ने अडानमा रहेको छ । सत्तारूढ पाँच दलीय गठबन्धन वा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग सहकार्य गरेर भए पनि एमसीसी संसद्बाट पारित गर्ने अडानमा कांग्रेस उभिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राईलगायतका नेताले एमसीसी यथास्थितिमै पारित नगर्ने निष्कर्षमा पुगेका छन् । बैठकमा जनमोर्चाका नेता सहभागी थिएनन् । यद्यपि जनमोर्चा एमसीसीको विरोधमा पहिलेदेखि नै आन्दोलन गर्दै आएको छ ।
पाँच दलीय गठबन्धनले एमसीसीसम्बन्धी अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले यथास्थितिमै एमसीसी पारित गर्न नसकिने अडान व्यक्त गरे । एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालले राष्ट्रहितविपरीतका सर्त संशोधन नगरी कुनै हालतमा पारित गर्न नसकिने अडान व्यक्त गरेका छन् ।
‘हामी कुनै पनि हालतमा यथास्थितिमै एमसीसी संसद्बाट पारित हुन दिँदैनांै । त्यसमा रहेको राष्ट्रहितविपरीतका सर्त संशोधन नगरी यो पास हुन सक्दैन’ खनालले भने, ‘एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालका पक्ष भएकाले संशोधन नगरी संसद्बाट पारित गर्न सकिँदैन ।’
एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसद्ले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए । यो सम्झौतालाई संसद्ले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नै प्रभावित हुने जिकिर खनालको छ ।
‘गठबन्धनलाई कुनै ठेगानले छुँदैन । एमसीसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो । यो कुनै गठबन्धनको मुद्दा होइन । सिंगो नेपालको मुद्दा हो यो । नेपाली जनताको मुद्दा हो यो’ खनालले भने, ‘सम्पूर्ण नेपाली जनताको अभिमत अनुरूप यो सवालमा टुंगोमा पुग्नुपर्छ । तर, जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतिको आधारमा बनेको हो । यो गठबन्धनलाई एमसीसीले छुनुपर्ने कुनै पनि आवश्यकता म देख्दिनँ ।’
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलसँग सहकार्य गर्न तयार भएपछि पाँच दलीय गठबन्धनमा रहेका चार दलले एमसीसी पारित नगर्ने निष्कर्षमा पुगेका छन् ।
बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्रीले जबरजस्ती एमसीसी सम्झौता यथास्थितिमै अगाडि बढाउन खोजे सोहीअनुसार सरकार छोड्नेसम्मको सहमति आफूहरूको रहेको बताए ।
मओवादी र एकीकृत समाजवादीले एमसीसी यथास्थितिमै जबरजस्ती पारित गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेका छन् । यस’bout दुवै पार्टीका शीर्ष नेताले प्रधानमन्त्री देउवालाई जानकारी समेत गराइसकेका छन् ।
माओवादी केन्द्रका नेता देव गुरुङले सहमति बिना जबरजस्ती एमसीसी टेबुल गरिए पार्टी सरकारबाट बाहिरिने बताए । एमसीसीलाई निकास दिने र पाँच दलीय गठबन्धन कायम राख्ने’bout गम्भीर छलफल भइरहेको बताउँदै उनले जबरजस्ती गरिए पार्टी सरकारबाट बाहिरिने बताए ।
‘एमसीसीबार निकास खोज्न र पाँच दलीय गठबन्धनलाई कायम राख्ने’bout गम्भीर छलफल भइरहेको छ । तर, सहमति बिना नै जबरजस्ती एमसीसीलाई संसद्मा टेबुल गर्ने प्रयास भए माओवादी केन्द्र सरकारबाट बाहिरिन्छ’ माओवादी केन्द्रका नेता गुरुङले भने, ‘हामी सक्दो प्रयास गरिरहेका छौं । सबै विषयमा सहमति गरेर नै अगाडि बढ्ने हो ।’
युवा, विद्यार्थीद्वारा आन्दोलन
एमसीसी सम्झौता यथास्थितिमै पारित गर्न नहुने भन्दै सत्तारूढ दल निकटका युवा विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । शुक्रबार माओवादी, एकीकृत समाजवादी निकटको युवा, विद्यार्थी संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौताका सर्त संशोधन गरेर मात्रै संसद्बाट पारित गर्नुपर्ने युवा संघको माग रहेको छ । यथास्थितिमै कुनै पनि हालतमा एमसीसी पारित गर्नुहुँदैन भन्दै युवा संघ विरोधमा उत्रेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए ।
युवा संघ नेपालको गैरभौगोलिक प्रदेश कमिटीका अध्यक्ष एवं केन्द्रीय सचिव सुशील भट्टराईको अध्यक्षतामा निस्केको ¥यालीमा युवा फाँट इन्चार्ज दिलु पन्त, युवा संघका नेता सञ्जीप राई, नरेश गिरी, दीपक दुवाडी, तीर्थ श्रेष्ठ, भेषराज शाह, सन्तोष राई, बबिता पाण्डेलगायतको विशेष सहभागिता रहेको थियो ।
यस्तै, युवा संघको बाग्मती प्रदेश कमिटीले एमसीसीविरुद्ध हस्ताक्षर संकलन गरेको छ । युवा संघका सचिव एवं बाग्मती प्रदेश कमिटीका अध्यक्ष फुवा लामाको अध्यक्षता र संघका इन्चार्ज रोशन थापाको विशेष सहभागितामा १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको छ ।
संकलित हस्ताक्षर आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइने कार्यक्रम रहेका लामाले बताए । एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको संघले त्यसका सर्त संशोधन गरेर मात्रै संसद्बाट पारित गर्नुपर्ने पक्षमा रहेको छ ।
सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा युवा संघले देशैभरि विरोध प्रदर्शन गरिरहेको युवा संघ गैरभौगोलिक विशेष प्रदेश इन्चार्ज तीर्थ श्रेष्ठले बताए ।