ज्ञवालीको हनिमुनमा विवाहपूर्वको सम्बन्ध कथा

काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले आफ्नो लेखन तथा निर्देशनमा नयाँ सर्ट फिल्म ‘हनिमुन’ दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच उनले यो लघू चलचित्र रिलिज गरेका हुन् ।

यो लघू चलचित्रमा विशाल कटवाल र प्रतिभा केसी नव दम्पत्तिको भूमिकामा छन् । विवाहपछि एक नव दम्पत्ति हनिमुनमा जाँदा आफ्ना विगतका कुराले ल्याएको तनावमा यो लघू चलचित्र आधारित छ । यो चलचित्रको कथन अनुसार हनिमुनको क्रममा एउटा सानो झगडाको ठुलो रुप लिन्छ । जसले उनीहरुको हनिमुननै बिग्रन्छ ।

केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्ना बिगतका प्रेमी प्रेमिकासँगको सम्बन्धलाई खुलाउनु हुँदैन भन्ने सन्देश यो लघू चलचित्रले दिन खोजेको छ ।

हनिमुनमा, बिशाल निरौलाको सँगीत, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको रँग सँयोजन, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो चलचित्रलाई संकल्प भुजेलले छायाँकन गरेका हुन् ।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्देशन निर्माण गरिसकेका छन् । आफ्नो जन्म दिनको अबसर पारेर उनले सर्ट फिल्म हनिमुन दर्शकमाझ ल्याएका हुन् । यो चलचित्रलाई उनले राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा