सर्लाही । भारत सँग सिमा जोडिएको सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने विष्णु गाउँपालिकामा मंगलवार बिहान स्यँलले टोक्दा १५ जना घाइते भएका छन् ।
वडा नं. २ र ४ गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए । घाइते १५ जना मध्ये जिल्ला अस्पताल मलंगवामा १२ जनालाई रेविज खोप विरुद्ध लगाइएको छ ।
घाइतेहरु १५ जना मध्ये ६ जनालाई शरिरको विभिन्न भागमा टोकेको हुदाँ इमिनोग्लोबिनको लागि काठमाडौं पठाइएको जिल्ला अस्पतालका मेसु डा. नवलकिशोर झा जानकारी दिए ।
घाइते हुनेहरुमा वडा नं. २ बस्ने सान्झा देवी झा, महेन्द्र बैठा, बैठाकै नाती बर्ष ७ को सुवास बैठा रहेका छन् । त्यस्तै बर्ष झरीलाल ठाकुर, रामानन्द प्रसाद यादव, रामबाबु राय, जोतिया देवी माझी रहेका छन् ।
त्यस्तै वडा नं. ४ बस्ने रंजना कुमारी साह, उनकै छोरा बर्ष ५ का अनमोल कुमार साह, भाग्यनारयण साह, बिलट साह कलवार, प्रवेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी वडा नं. ४ बस्ने दरेश साहको भैसीको पाडीलाई बाधैकै गोठमा गई पाडीको खुट्टामा टोकेको र अवस्था सामान्य रहेको छ ।






