ट्रेलरमा आयो चिसो एस्ट्रे

काठमाडौं । आगामी ४ चैतमा रिलिज हुने भनिएको चलचित्र ‘चिसो एस्ट्रे’को बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । कवि भूपी शेरचनको कविता चिसो एस्ट्रेको भावमा यो चलचित्र आधारित रहेको निर्देशक दिनेश पाल्पालीले कार्यक्रममा बताए ।

काठमाडौंमा हुने लागूऔषध तस्कर तथा विभिन्न अपराधको कथा बोकेको यो फिल्म ‘पोस्ट मोडर्न’ कथामा केन्द्रित रहेको पनि निर्देशक पाल्पालीले कार्यक्रममा बताए । चलचित्रलाई महेशबाबु तिमिस्लिनाले निर्माण गरेका हुन् । जसमा दिव्य देव, नवीन लम्साल, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, सुशील पाण्डेसहितको मुख्य भूमिका छ ।

चलचित्रको कथा र पात्र केही फरक भएकाले आफूले यसमा अभिनय गरेको अभिनेता दिव्य देवले कार्यक्रममा जिकिर गरे । अर्का अभिनेता नवीन लम्सालले पनि विगतका भन्दा केही फरक र सन्की चरित्र यसमा निर्वाह गरेकाले दर्शकलाई आफ्नो काम भिन्न लाग्ने बताए । अभिनेत्री सृष्टिले आफू यसमा एक आर्ट कलाकारको भूमिकामा रहेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

epaper

ताजा समाचार

मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं'