तनहुँ । तनहुँमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जाने क्रममा भीरबाट लड्दा दाउराले पेट छेडिएर भुँडी फुटेको अवस्थामा भेटिएकी रिसिङ गाउँपालिका–७ घिरिङथोककी ४५ वर्षीया रनमाया आलेको पोखरास्थित क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार, घाइतेको दाउराले पेटमा छेडेपछि पेट फुटेको थियोे भने अनुहार र टाउकोमा समेत चोट लागेको थियोे ।
तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)






