जीवनभरि सुनिरहनका लागि

सन्दर्भ विश्व श्रवण दिवस

काठमाडौंमा ‘नो हर्न’ २०७४ वैशाख १ गते लागू भएपछि केही कम भए पनि हाल पहिलेजस्तै हुन थालिसकेको छ । हरेक वर्ष ६ हजार बढी कारबाहीमा परिरहेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ‘ग’मा एम्बुलेन्स, दमकल, शववाहन तथा आकस्मिक कामका लागि हिंडेबाहेक अन्यले आवश्यकताभन्दा बढी हर्न बजाएमा पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १ हजार ५ सय जरिमाना उल्लेख छ ।

सामान्य बोलिचालीमा ४०, असर गर्ने ९० डेसिवल, एम्प्लिफोनको पुरै र सहन नसक्ने १ सय २० डेसिवलको ध्वनि रहन्छ । हेयर ड्रायरको ९५, मोटरसाइकल, रेलको आवाज ९५ देखि १ सय ५, सवारीसाधनको हर्न, साइरन १ सय २० देखि १ सय ५० डेसिवल हुन्छ ।

सातैै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालय गरी कुल १७ हजार ५९ जनामा गरिएको राष्ट्रिय बेसलाइन सर्भेमा कानको रोग तथा समस्या भएका कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशत छ । कोभिड–१९ को दोस्रो लहरले गर्दा २०७८ वैशाख र श्रावणमा गरी २ चरणमा सम्पन्न उक्त सर्भेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका मानिसका कान रोगी भएका २४ दशमलव ८ प्रतिशत जनता छन् । मुस्लिम धर्मावलम्बीमा बढी देखिएको कान रोग १८ वर्षमुनिका अर्थात् विद्यालय उमेरकामा १ दशमलव २२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम शून्य दशमलव ९४ गुणा बढी छ । जोखिममा एलर्जी राइनाइटिस, दम, धुम्रपान, मदिरा, लामोसमय अस्पताल भर्ना तथा लामो समय चर्काे ध्वनिमा रहेकाको पनि जोखिम आँकलन गरिएको छ ।

कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, ओटाइटिस मेडिया भएका १२ दशमलव ८ प्रतिशतलगायतका तथ्यांक आएका छन् । विस्तृत विश्लेषण २ महिनामा आउनसक्ने आँकलन छ । समस्याको बढोत्तरी हुने कारणमा नागरिकको बाँच्ने उमेरमा बढोत्तरी हुनु, कानको सक्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्काे ध्वनिमा लगातार लामो समयसम्म काम गर्नुरहेको छ ।

बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण तथा श्रवण परीक्षण गर्नसके ६० प्रतिशत श्रवण अशक्तता रोक्न सकिन्छ र अन्यलाई पनि अपांग भत्ता दिनमा भन्दा हेरिङ एड र कक्लिएर इम्प्लान्ट सेवामा पहुँच पु-याउन जोड दिनुपर्छ । त्यस्तै विश्व स्वास्थ्य संगठनको पहलमा कान तथा सुनाइसम्बन्धी सेवा अध्ययन गर्न अर्थात् गर्भनेन्सको पाटो पनि अध्ययन भइसकेको छ र दुवैको अन्तिम रिर्पाेट प्राप्त भएपश्चात् सरोकारवाला सबैलाई सहभागी गराई बहिरोपनसम्बन्धी रणनीति बनाइनुपर्छ ।

राष्ट्रिय जनगणना २०६८ मा अपांगता भएमध्ये १५ दशमलव ४ प्रतिशत श्रवणसम्बन्धी र ११ दशमलव ५ प्रतिशत बोलीसम्बन्धी थिए भने २०७८ को परिणाम आउन बाँकी छ ८५ भन्दा बढी डेसिवलको आवाजले ध्वनिबाटै श्रवणशक्ति ह्रास गराउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्ब २ करोड अर्थात् १४ प्रतिशत युवा ध्वनि प्रदूषणको जोखिममा छन् । हरेक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवस मनाउने क्रममा विश्वभर अनेकन कार्यक्रमका साथ तथा जीवनभरि सुन्नका लागि सुनाइको हेरचाह गरौं भन्ने नारासहित गत फागुन १९ गते मनाइयो । बहिरोपन अपांगतामध्ये प्रमुख अर्थात् पहिलो अपांतामा पर्दछ ।

बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण तथा श्रवण परीक्षण गर्नसके ६० प्रतिशत श्रवण अशक्तता रोक्न सकिन्छ

बढ्दो समस्या : वायु तथा ध्वनि प्रदूषण, कोलाहल र विविध संक्रमणका कारण श्रवणशक्तिमा क्रमिक ह्रास आइरहेको छ । अत्यधिक ध्वनिसहितका कलकारखाना, विमानस्थल ’roundका बासिन्दा, अनियन्त्रित सार्वजनिक सवारीका ध्वनि, लामो समय र ठूलो आवाजसहितको एअरफोन, चर्काे आवाजसहितको मनोरञ्जन र कानका संक्रमण जस्तै दादुरा, गलगाड, रुवेला जुन खोपले रोक्न सकिन्छ । श्रवणशक्तिमा ह्रास ल्याउने र क्रमशः बहिरोपना निम्त्याउने गरेका छन् । त्यस्तै, केही क्षयरोग र औलोविरुद्धको औषधि, जन्मजात, चोटपटक, पिटाइ, कान कोट्याउने, विभिन्न झोल कानमा राख्ने, प्रदूषित पानीमा पौडी खेल्ने, कानको हेरचाह नगर्ने पर्दछन् ।

श्रवणशक्ति ह्रास हुँदा मानिसलाई अनेकन कठिनाइ आइपर्छ । नसुनेपछि बच्चा बोल्ने कुरै भएन र व्यक्तिगत संचार क्षमतामा ह्रास, पारिवारिक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी, परिवार समाजमा एक्लोपनाको महसुस आदि हुन्छ । वयस्कमा उनीको व्यावहारिक पक्ष वा संज्ञानात्मक गिरावट, निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोग जस्ता खतरनाक समस्याको सिकार हुनसक्ने जोखिम बढाउँछ ।

विश्व स्वास्थ्य संघको २०२१ को तथ्यांकअनुसार विश्वमा १ सय ५० करोड मानिसमा श्रवण अशक्तता छ भने ३४ करोड बालबालिका पनि यसैबाट पीडित छन् । सन् २०५० सम्ममा २ सय ५० करोड मानिस श्रवण अशक्तताबाट ग्रसित हुने आँकलन छ । नेपालमा ३० लाख बढी मानिसमा श्रवणमा समस्या छ । हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित नवजात जन्मिन्छन् । विद्यालयका हरेक ३ मा १ विद्यार्थीमा कान, नाक र घाँटीको समस्या छ, जसमा एकतिहाइमा कानको समस्या छ । कानको समस्या भएका बालबालिकामा एकतिहाइमा श्रवणको समस्या छ । साढे १ लाख बालबालिकामा कम सुनाइ छ, जसले स्वास्थ्यका अतिरिक्त शिक्षामा समेत असर परेको छ । नेपालमा ईएनटी सर्जन २ सय १, अडियोलोजी तथा स्पिच ल्यांवेज प्याथोलोजिस्ट ९० जना तर नेपालमा कार्यरत धेरै कम छन् ।

नेपालको सविधानको भाग ३ को धारा ३५ मा मौलिक हकका रूपमा आधारभूत स्वास्थ्यलाई सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भनी उल्लेख छ । त्यस्तै, स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँचको प्रत्याभूति गरेको छ । राष्ट्रिय स्वास्थ्य नीतिमा यीलगायतका विशिष्ट सेवा सबैतहमा विस्तार र विकास गर्ने उल्लेख छ । आधारभूत तथा आकस्मिक सेवाको प्याकेजभित्र समाहित भइसकेको छ । यसका कार्यक्रम सबै स्थानीय तह तथा स्वास्थ्य संस्थामा सञ्चालनमा आइरहेका छन् ।

युवा तथा सर्वसाधारणलाई श्रवण असक्तताका कारण, रोकथाम र समयमा पत्ता लगाउने विधि’bout जानकारी गराउनुपर्छ

रोकथाम : रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोड्ने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चामा बढी देखापर्ने भएकाले बच्चालाई रुघाखोकी लाग्नबाट बच्न आमाको दुध खुवाउने, दुध खुवाउँदा बच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जंक फुड नखुवाउने गर्नुपर्दछ । रुघा लागेमा तातो तातो झोल पदार्थ खुवाउनुपर्छ र निको नभएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानुपर्छ ।

कानको वरिपरि चोट लागेमा वा कान कोट्याउँदा कानको जाली फुट्ने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउने बानी सबैले हटाउनुपर्छ र बच्चालाई पनि कान कोट्याउनुहुँदैन भनी सिकाउनुपर्छ । केही कारणबस कान पाकिहालेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्छ ।
कानमा तेल अथवा अरू कुनै पनि झोल पदार्थ हाल्नुहुँदैन । गर्भवती भएको पहिलो तीन महिनासम्म आफू खुसी औषधीको सेवन गर्नुहुँदैन, गर्नै परेमा डाक्टरलाई जचाएर मात्र सेवन गर्नुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्नुहुँदैन । गाडीको हरन बजाउन निषेध गरेजस्तै सार्वजनिक ठाउँमा बाजागाजा पनि धेरै चर्को बजाउन निषेध गरिनुपर्छ । मोबाइल वा इयर फोन धेरै समयसम्म प्रयोग गर्नुहुँदैन । यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्दछ । चर्को ध्वनि आउने ठाउँमा काम गर्दा इयर प्लग लगाउनुपर्छ । यस्ता व्यक्तिको समय समयमा सुनाइको जाँच गराउने व्यवस्था गर्नुपर्छ ।

युवा तथा सर्वसाधारणलाई श्रवण अशक्तताको कारण, रोकथाम र समयमा पत्ता लगाउने विधि’bout जानकारी गराउनुपर्छ । कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्दछ, ’cause बोलीको विकाश हुनसक्दैन । श्रवण समस्या हुने जोखिममा रहेका नवजात शिशु जस्तै तौल कम, समयभन्दा पूर्व जन्मिएका, सघनकक्षमा राखिएका बच्चा, रुबेला संक्रमित आमाको बच्चालाई जतिसक्दो छिटो जाँच र उपचार गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 492 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा